कञ्चनपुर । कञ्चनपुरकाे बेदकोट नगरपालिका अन्तर्गत भिम साउद सञ्चालक रहेको (राजेन्द्र निर्माण सेवा प्रा.लि) ले १५ सैयाको अस्पताल बनाउने मिति२०७८ बैसाख २२ गते मा  सम्झौता भएको तर अहिलेसम्म कुनै पनि काम सुरुवात नगरि ८५ लाख पेश्की रकम भुक्तानी लिएर करिब दुईबर्ष सम्म काम सञ्चालन नगरि फरार रहेको बिषय प्रति हाम्रो संगठन को गम्भीर ध्यानाकर्षण भएको छ ।यस्तो घिन लाग्दो हर्कतको घोर भत्र्सना गर्दछ।

उक्त निर्माण कम्पनीलाई सम्पर्क मा ल्याई १५ दिन भित्रका म सञ्चालन गर्न गराउन हाम्रो संगठन अपिल गर्दछ ! यदि १५ दिन सम्म पनि निर्माण कम्पनीले कार्य सुचारु नगरे सम्बन्धित नगरपालिका र निर्माण कम्पनी बिच भएको कार्य सम्झौता तत्काल खारेज गर्न जोडदार माग गर्दछौं ।

स्वास्थ जस्तो समवेदनशील अस्पताल निर्माण जस्तो काममा पनि चरम लापरबाही गरिएको पाईएको छ । अब आयन्दा यस्तो समवेदनशील कार्यमा लापरबाही मिलोमतो गरेको पाईएमा हाम्रो संगठन कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिएकाे छ  ।

प्रतिक्रिया दिनुस