कञ्चनपुर, कञ्चनपुरको वेदकोट नगरपालिकाको १२औं नगर अधिबेशन शुरू भएको छ। आइतवार वेदकोट नगरपालिकाको १२औँ हिउँदे अधिबेशन नगर प्रमुख भोजराज बोहराको सभापतित्वमा शुरू भएको छ । हिउँदे अधिबेशनबाट वेदकोट नगरपालिकाको समग्र बिकासका लागि बिभिन्न योजना छनौट देखि विभिन्न ४ ओटा ऐन पास गर्ने गरि नगर सभामा ऐन पेस गरिएको छ ।

आईतवार बसेको बेदकोट नगरपालिकाको १२ औ नगर सभा तथा हिउँदे अधिबेशनमा १- स्थानीय स्वास्थ्य सेवा ऐन २- स्थानीय संघ सस्था दर्ता तथा नियमम ऐन ,३-)बेदकोट बहु प्राबिधिक शिक्षालय सन्चालन तथा ब्यबस्थापन ऐन ,४- नगर प्रहरी ऐन , २०७९ पेस गरिएको नगर प्रमुख भोज राज बोहराले बताए । सबैको सुझाव दिने काम भएको छ सुझाव पछि सबै ऐन पारित हुने बताए ।

प्रतिक्रिया दिनुस