कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक झण्डै डेढ महिनादेखि विद्यालयमा उपस्थिति भएका छैनन । भीमदत्त नगरपालिका १३ बडैपुर स्थित बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक खडक सिह ऐडी अडतिस दिनदेखि विद्यालयमा उपस्थिति नभएका हुन ।

प्रअ ऐडीले विद्यालयमा कुनै आधिकारिक जानकारी, निवेदन बिनै लामो समयदेखि गायब भएको विद्यालयले जनाएको छ । विद्यालयका निमित्त प्रअ जय बहादुर विष्टले कुनै जानकारी बिनै प्रअ २५ मंसिरदेखि नियमित ३ माघसम्म विद्यालयमा हाजिरी नभएको बताए ।

‘प्रअ ज्यूले विद्यालयमा निवेदन र कुनै जानकारी बिनै आजसम्म उपस्थिति भएका छैनन, ‘उनले भने, ‘एकातिर प्रशासन, पढन पाठन र विद्यालयको नीतिगत बृद्धि विकासमा समेत बाधा पुगेको छ ।’ निमित्त प्रअ विष्टका अनुसार प्रअ ऐरीले कक्षा ८, ९ र १० मा समेत गणित विषय अध्यापन गर्दै आएका छन ।

‘प्रअ आफै डेढडेढ महिनादेखि विद्यालयमा आएका छैनन, ‘उनले भने, ‘विद्यार्थीको पढाईमा बढी मार खेप्नु परेको छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पन्तले नियमित लामो समयदेखि प्रअ नै विद्यालयमा नआएपछि समस्या भईरहेको बताए ।

‘एकातिर पठन पठान, अर्कातिर प्रशासन र शिक्षक कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको छ, ‘उनले भने, ‘यस बारेमा पटक पटक नगर र जिल्ला शिक्षा कार्यालयमा अवगत गराउँदा समेत कुनै पहल भएको छैन ।’ स्थानीय अगुवा महेश भट्टले प्रअ नै लामो समयदेखि विद्यालयमा बिना जानकारी अनुपस्थितिले विद्यार्थीको भविष्य चौपट भईरहेको बताए ।

‘के प्रअले बिदा लिनुपथ्यौ, कि कानुन अनुरुप अरुलाई जिम्मेबारी दिनुपथ्यो, उनले भने, ‘यसरी लामो समयदेखि विद्यालयमा अनुपस्थितिले अनिर्णयको बन्दी बनाईनु हुँदैन ।’ प्रअ खडकसिह ऐरीले आफु बिरामी भएका कारण पनि विद्यालयमा पुरै समय नबस्ने गरेको बताए । उनले आफुले बिहान ८ बजेदेखि ८, ८ र १० पढाएर घर जाने गरेको बताए ।

अनि यत्रो महिनौँ हाजिरी किन लगाएको भन्ने प्रशनमा प्रअ ऐडीले आफुनो परियड बिहान राखेर पठाएर जाने र सो बेला विद्यालय बन्द हुँदा हाजिर छुटेको बताए । ‘विद्यालय विद्यालयमा हुँदा प्रशासन खुलेको हुदैन्थो, ‘उनले भने, ‘म विद्यालय बिरामी भएका कारण दिनभरी बस्न सक्दैन, त्यही भएर हाजिरी छुट्यो ।’

अब नियमित विद्यालयमा जाने र बस्ने उनले बताए । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले उक्त विद्यालयमा प्रअ अनुपस्थित बारे सम्बन्धीत विद्यालयमा बुझिने बताए । अभिभावकले विद्यार्थीको भविष्यमाथि खेलावार्ड भए विद्यालय सहित सम्बन्धीत निकाय बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस