कञ्चनपुर, ३,कञ्चनपुर महेन्द्रनगरको वेष्टलेक टुर्स ट्राभल्स प्रालिमा विवाद चर्किएको छ । शेयर सदस्क्ष् दुर्गा प्रशाद मानन्धरले आफुमाथि घात भएको भन्दै प्रालिका अध्यक्ष डा. चन्दनसिह विष्ट बिरुद्धमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन ।
वेष्टलेक टुर्स ट्राभल्स प्रालिका शेयर सदस्य मानन्धरले आफुलाई झुक्याएर शेयर सदस्य बनाएको तर, आफ्नो गाडीको फाईनान्स नगरिदिएको भन्दै अध्यक्ष विष्टप्रति रुष्ट देखिएका छन । ‘मलाई शुरुवाती चरणमा विष्टले फकाएर शेयर हाल्न लगायो, ‘उनले भने, ‘पछि मेरो गाडी दुर्घटनामा प¥यो, फाईनान्स समेत गरिदिएन, अहिले स्वरुमले गाडी तानिदिएको छ ।’ कैलालीको विशेष अटो सोरुमबाट खरिद गरिएका तीन जिपकार मध्ये मेरो गाडी तानिदिदासमेत सहयोग नपाएको गुनासो पोखे । मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै मानन्धरले आफुले कम्पनीमा साढे ११ लाख रुपैया लगानी गरेको बताउँदै उनले पैशा फिर्ताका लागि पटक पटक अध्यक्ष विष्टसंग माग गर्दा नदिएको बताए । ‘मैले मेरो शेयर रकम फिर्ताका लागि अध्यक्ष विष्टलाई पटक पटक ताकेदा गर्दा दिएन, ‘उनले भने, ‘म माथि अन्याय भयो, आज आज भोली भन्दा भन्दै मलाई सतायो ।’ मानन्धनरले कम्पनी खोलेसंगै आफुलाई कुनैपनि हिसाब किताब नदिएको समेत बताए ।

आफ्नो शेयर फिर्ता नगरे अन्य निकायमा जाने उनको भनाई छ । यस बारेमा वेष्टलेक टुर्स ट्राभल्स प्रालिका अध्यक्ष चन्दनसिह विष्टसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यद्यपी शेयर धनी मानन्धरले आफुले कम्पनीमा लगाएको शेयर फिर्ता माग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुस