कञ्चनपुर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा ३० र प्रदेश सरमुकाम धनगढी भन्दा ४० किलोमिटर दुरी टाढा बेलडाँडी गाँउपालिका पर्छ । जिल्ला सदरमुकाम महेन्द्रनगर भन्दा दक्षिण र प्रदेश सदरमुकाम भन्दा पश्चिम क्षेत्रमा पर्ने बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय सेवाग्राही मारमा पर्दै आएका छन । कृषि तथा गैर कृषि कामकाजका लागि सवारी साधन प्रयोग गर्ने बेलडाँडीका स्थानीय मारमा परेका हुन ।

गाँउपालिका भरी पेट्रोल पम्प नहुँदा मोटरसाईकल, जिपकार, टेक्टर, ट्रक, बसका संचालक मारमा पर्दै आएको र उनीहरुले गुणस्तहिन बोतलमा बेच्न राखिएको ईन्धन प्रयोग गर्न बाध्य भएका छन । ३६.५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाकै सानो र कमजनसंख्या भएको पालिकामा नेपाल आयल निगमबाट मान्यताप्राप्त पेट्रोल पम्प नहुँदा ईन्धनका सेवाग्राही मारमा परेका हुन । उनीहरुले अन्यन्त्र गएर मात्रै तेल हाल्नुपर्ने बाध्यता छ । झण्डै ३० हजार जनसंख्या रहेको बेलडाँडीमा पाँच हजार घरधुरी रहेका छन ।

भने हजारकै हाराहारीमा साना तथा ठुला व्यवसायी रहेका छन । अधिकाँस मोटरसाईकलका प्रयोगकर्ता रहेका छन । छोटो दुरीमा लागि अधिकाँसले मोटरसाईकललाई यातायातकै साधनको रुपमा प्रयोग गर्दै आएका छन । अधिकाँसको घरमा एक वा बढिमा ३ मोटरसाईकल, स्कुटी, १ सय हाराहारी अटो रहेका छन । भने झण्डै कृषि कार्यका लागि साना तथा ठुला टेक्टर हजारकै हाराहारीमा रहेका छन । भने जिपकार,बस लगायतका ठुला सवारी साधन समेत सयौँको संख्यामा रहेका छन ।

सीमावर्ती बेलडाँडीमा पेट्रोल पम्प नहुँदा स्थानीय व्यवसायी, निर्माण, उद्योगी समेत मारमा पर्दै आएका छन । मोटरसाईकल प्रयोगकर्ता समेत रहेका बेलडाँडी चवन्नीका युवा व्यवसायी प्रकास मालीले गाँउमै पेट्रोल पम्प नहुँदा मोटरसाईकलका प्रयोगकर्ता र अन्य साना तथा ठुला व्यवसायी मारमा पर्दै आएको बताए । ‘गाँउमा पेट्रोल पम्प छैन, ‘उनले भने, ‘अन्यन्त्र पालिका गएर ईन्धन भर्नुपर्ने बाध्यता छ ।’ युवा व्यवसायी दिपेन्द्र सिह धामीले गाँउमै पेट्रोल पम्प नहुँदा सवारी साधनका प्रयोगकर्ताका साथै व्यवसायी मारमा परेको बताए ।

‘म एक व्यवसायी पनि हुँ, ‘उनले भने, ‘काममा लागि घरबाट विभिन्न स्थान निस्किनुपर्छ, तर अन्यन्त्र पेट्रोल पम्पमा गएर ईन्धन हाल्दा समय नास हुने गरेको छ, कहिलेकाही दिनभरी लार्ईनमा लागेरपनि ईन्धन पाईदैन, काममा बाधा उत्पन्न हुने गरेको छ ।’ बेलडाँडीका थुप्रै व्यवसायीसगै पेट्रोलपम्प राख्ने क्षमता भएपनि नहाल्ने गरेको र आफुसंग त्यतीपुँजी नभएको बताए । जिपका प्रयोगकर्ता गजेन्द्र थापाले गाँउमै ईन्धनपम्प नहुँदा समस्यामा परेको बताए ।

‘कहिलेकाही थप मुल्य त्यसमा समेत गुणस्तहिन ईन्धन किन्नुपर्ने बाध्यता छ, ‘उनले भने, ‘ईन्धन सकिएर सवारी साधन घरमै थन्क्याएर बसमा यात्रा गर्नुपर्छ ।’ जिल्लाका ९ पालिका मध्ये पेट्रोल पम्प नभएको पालिका बेलडाँडी र लालझाडी पालिका मात्रै हो । लालझाडी उत्तरमा राजमार्ग कृष्णपुर, दक्षिणमा बेलौरी र पुनर्वास नजिकै भएपनि बेलडाँडी सबैभन्दा ढाटा रहेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर आउन झण्डै १५ किलोमिटर जंगलको बाटो हिडनुपर्ने बाध्यता छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र रानाले गाँउपालिका पेट्रोलपम्प नहुँदा सबै प्रकृतिका सवारी साधनका प्रयोगकर्ता सवारीधनीलाई समस्या भएको बताए । ‘हाम्रौ गाँउपालिकामा रहेका ठुला सवारी साधनमा ईन्धन सकिदा ईन्धन ओर्सानमै अतिरिक्त खर्च लाग्दै आएको छ, ‘उनले भने, ‘ठुला सवारी साधनमा ईन्धन भर्न जाँदा अतिरिक्त खर्च लाग्दैछ ।’ गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा समेत काँग्रेसबाट निर्वाचित प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीका ईन्धनका प्रयोगकर्ताको सुविधाका लागि एजेण्डा अघि सारेका थिए ।

गाँउ प्रमुख रानाले कुनै व्यवसायीले बेलडाँडीमा पेट्रोलपम्प खोल्न चाहे पालिकाबाट आवश्यक सबै सहजिकरण र सहयोग गर्ने बताए । जिल्लाको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वासमा पेट्रोलपम्म भएपनि बेलडाँडीमा नहुँदा सवारी साधनका प्रयोगकर्ता एव संचालक मारमा पर्दै आएका छन ।

प्रतिक्रिया दिनुस