कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री खगराज भट्ट चयन भएका छन । बुधबार प्रदेश सरकारको बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई चयन गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भट्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेबारी दिएको हो ।

सुुप प्रदेश माओवादी संसदीय दलका नेता समेत रहेका भट्ट यदी माओवादीको भागमा प्रदेश सरकार परेको भए मुख्यमन्त्रीकै प्रबल दाबेदार हुन । अहिले सत्ता गठबन्धन दल एमालेकै नेतृत्वमा सरकार बनेसंगै उनीपनि मन्त्री भएका छन । प्रवक्ता, स्पष्ट, बैद्धिक व्यक्तित्व भएकाले मन्त्री भट्टलाई प्रभावकारी प्रवक्ताकै रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुस