कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रनतपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) सम्पन्न भएको हो । अब त्रिभुवन माध्यामिक विद्यालय ५१ औँ बर्षको यात्रामा अघि बढेको छ ।

त्रिभुवन माविमा सहायक प्रअ रामदत्त भट्टले आइतबार विवित कार्यक्रम गरि बार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) मनाएको बताए । उनका अनुसार विद्यालयका पुर्व व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, एव वर्तमान शिक्षकलाई विद्यालयको बृद्धि विकासका लागि अतुलनिय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक हरिश प्रशाद ओझाले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा थप शैक्षिक गुणस्तर बृद्धि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य दिवान सिह विष्टले विद्यालयको भौतिक विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन । कार्यक्रमका बिशिष्ठ अतिथि बेलौरी नगरका उपप्रमुख जोगराज चौधरी र प्रमुख प्रशासकीय अधिकृत नर बहाुदर विकले समेत विद्यालयको विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम महरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिम दलका प्रतिनिधी, जनप्रतिनिधी, अभिभावक, विद्यार्थी सहितको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक जनक भट्ट्ले गरेका थिए ।

प्रतिक्रिया दिनुस