कञ्चनपुर । कञ्चनपुरमा काठ तस्कर मौलाएका छन । काठ तस्कर समुहले वनमा छानिछानी सालका ‘साङला रुख’ काटिरहेका छन । वनबाट रुख काटेर घरमा लुकाउँदा समेत वन कार्यालयले पत्तै पाउँदैन । तस्कर समुहविच विवाद भएपछि मात्रै वन, प्रहरी सहितको टोलीले बरामद गर्दै आएको छ । जिल्लाको उत्तरी भेगदेखि दक्षिणीसम्म रहेका सामुदायिक वन तथा राष्ट्रिय वनमा काठ चोरी तस्करी बढिरहेको छ ।

तर, पनि वन कार्यालय गम्भिर भएको छैन । काठ तस्करको नजर वनमाथि निरन्तर प्रहार हुँदा समेत वन कार्यालय र तिनका कर्मचारी तस्करप्रति उदार तथा निरीह देखिएको पाईन्छ । तस्कर समुहले वनलाई आफ्नो पञ्जामा पार्न खोज्दा समेत वन कार्यालय तस्करप्रति कडाईका साथ प्रस्तुत हुँदा समेत भेटिएको काठ समेत बेवारिस बनाउन तयार हुन्छ ।

तस्कर समुहले भारि परिमाणमा ल्याएका काठ बेवारिसे देखाएर वन पन्छिन खोजेपछि संरक्षणकर्मी असन्तुष्ट भएका छन । ८ माघमा जिल्लाको उत्तरी भेग भीमदत्त नगरपालिका ३ तिलकपुर स्थित सहिद स्मृति सामुायिक वनबाट काठ ल्याएको आरोपमा म१त ६९८ नम्बरको टेक्टर सहित चालक सागर विष्टलाई पक्राउ गरी वनमा बुझाएको थियो ।

उक्त टेक्टरबाट ५ थान ३५.५ क्युफिट सिसमका गोलिया, १ थान आरा सहित बरामद गरेको थियो । तर, उक्त काठ तस्करीमा चालक देखाएर उनकै टाउमा हालेर अरुलाई उन्मुक्ति दिन खोजिएको वनका कर्मचारी स्रोतको भनाई छ । चालक एकै व्यक्तिबाट ५ गोलिया टेक्टरमा लोड गर्न सम्भव नै नभएको अवस्थामा बाँकी काठ तस्करीमा संलग्नलाई उन्मुक्ति दिन खोजिएको छ ।

९ माघमा सव डिभिजन वन कार्यालयले टोली लालझाडी गाँउपालिका ४ देखतभूलीका ६ स्थानीयको घरभित्र र आँगनमै गाडेको अवस्थामा चिरानको ७४.८ र १३६.३७ क्युफिटका गोलिया बरामद गरेपनि वनले उक्त काठ तस्करीमा संलग्नदेखि मुख्य योजनाकार अहिलेसम्म पक्राउ गरेको छैन । पक्कै पनि उक्त काठ लालझाडी वन क्षेत्रबाटै तस्करी गरेर घर ल्याईएको थियो ।

११ माघमा वन र स्थानीय प्रहरीले पुनर्वास नगरपालिका ११ अमरबस्तीबाट ११ थान गोलिया अर्थात ४५ क्युफिट काठ फेला पारेपनि उक्त काठ तस्करीमा संलग्नलाई कार्बाही भएको छैन । वनले उक्त काठलाई तह लगाउनुको साटो बेवारिसे देखाउन खोजेको छ । केही महिना अघि पुनर्वास नगरपालिकामा रहेको जनजागरण सामुदायिक वनमा काठ तस्करी हुँदा समेत अहिलेसम्म त्यहाँ काठ काट्ने तस्कर समुह पक्राउ परेका छैनन । कञ्चनपुरका संरक्षणकर्मी राजुराम सार्की(भुल)ले वनमाथि संरचनागत एव नीतिगत रुपमा तस्कर, वन माफिया र कर्मचारीतन्त्रको कामगर्ने विधी पद्धतीले वनमाथि तस्कर समुह मौलाएको बताए । उनले कर्मचारी कर्मचारी मात्रै ईमान्दार भए वन संरक्षण हुने विश्वास व्यक्त गरेका छन ।

०७७ सालतिर एमाले नेतृ समेत रहेकी प्रतिनिधी सभा सदस्य शान्ता चौधरी नेतृत्वको संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्तम अनुगमनका क्रममा तत्तकालिन डिएफओ सहितका सरोकारवाला निकायकै सामु तत्तकालिन काँग्रेस कञ्चनपुरका जिल्ला सचिव दिवाकर पाण्डेले कञ्चनपुरमा आउने डिएफओले करोडौँ रकम घुस दिएर यहाँ आउँने भएकाले काठ तस्करी नरोकिएको र उक्त रकम काठ तस्कर र व्यवसायीबाट अशुल्छन, भन्ने भनाई काठ तस्करी हुँदा मेल खाईरहने संरक्षणर्कीको भनाई छ ।

सरकारीवन कर्मिहरुले विगतको जस्तो वनमा मनपरी र कर्मचारीबाट अधिकार दुरुपयोग नहुने र अनावश्यक शंका, आरोप प्रत्यारोप नलाउन समेत आग्रह गर्दै वन संरक्षणमा नागरिक समाजवाट सहयोग सहयोगको अपेक्षा गरेका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रशाद तिवारीले वनबाट भईरहेको अवराध तस्करी नियन्त्रणका लागि वन कार्यालय जिम्मेबार रहेको बताए ।

वन कार्यालयकै सकृयतामा काठ तस्कर र अवैध काठ बरामद गरिएको बताउँदै लालझाडीका ६ घरबाट बरामद गरिएको काठ सहित अन्य काठबारे अनुसन्धान भईरहेको बताए । उनले काठ बरामद भएका ६वटै घरका मानिसलाई उपस्थितिका लागि पत्र काटिने र पत्र काटेरपनि उपस्थिति नभए पक्राउ गरिने बताए । ‘वन संरक्षणका लागि हाम्रो निरन्तर प्रयास कामकाज भईरहेकै छ, ‘उनले भने, ‘तस्कर तस्करीजन्य गतिबिधीमा हामी निर्मम तरिकाले नियन्त्रण र कार्बाहीमा खट्छौँ ।’

प्रतिक्रिया दिनुस