कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान बाल अनाथालयका प्रमुख चन्दलाई प्रहरीले पक्राउ गरेको कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले बालिकासंगै यौनजन्य आरोपमा कार्यालय प्रमुख चन्दलाई पक्राउ गरिएको बताए । कार्यालय प्रमुखलाई अनाथालयबाटै पक्राउ गरिएको उनले बताए । ‘हामीले अहिले नाबालिकालाई यौनजन्य दुव्र्यवहारको आरोपमा चन्दलाई नियन्त्रणमा लिएका छौँ, ‘उनले भने, ‘घटनाको छानबिनमै छौँ, दोषि भेटिएर कार्बाही गछौँ ।’ प्रहरीले बालिकासंग समेत सोधपुछ गरिएको छ ।

अनाथालयमै एक बालिकाले गर्भ तुहाएपछि घटना बाहिरिएको छ । गर्भ पहिचान गर्ने किड सहितको रगतको डल्लो भेटिएपछि अनाथालयबाट घटना बाहिरिएपछि प्रहरीले छानबिन गरेको छ । उक्त घटना कसले घटाएको र को दोषि बारे अहिलेसम्म वास्तविक एकिन भएको छैन । तर, प्रहरीले कार्यालय प्रमुखलाई पक्राउ गरेको छ ।

समाजकल्याण बाल अञ्चल अनाथालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर चन्दले घटनाको विषयमा गम्भिर ध्यानाकर्षण भएको बताए । ‘मलाई एक्कासी कार्यालय प्रमुख पक्राउ परेको बारे खबर आयो, मैले पत्याएर अब घटनाको प्रहरीले पनि छानबिन गर्दै छ, ‘उनले भने, ‘छानबिनबाट के निष्कर्ष आउँछ, त्यही अनुरुप एक्सनमा जान्छौँ ।’

अनाथालयको घटना बाहिरिएपछि महेन्द्रनगर युथभ्वाईस, महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोष उपर कार्बाहीको माग अघि सारेका छन । अभिभावक गुमेपछि जिवनको साहरा अनाथालयमै यस्ता अनैतिक घटना घट्न थालेपछि सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुस