कञ्चनपुर । कञ्चनपुरमा सवारी दुर्घटनाका कारण अकालमै ज्यान गुमाउने मानिसको दर बढिरहेको छ । दिनप्रतिदिन, महिना, बर्ष एव पछिल्ला बर्षहरुमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनको दर बढिरहेको छ । तर, रोकथामका लागि प्रभावकारी कदम कहिकतै देखिएको छैन ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना बढेको भन्दै विच सडकमा रोकेर चेकजाँचले झन दुर्घटना बढाउने भन्दै चौतर्फि आलोचना भईरहेको छ । सडकको पनि छेउमा लगेर चेकजाँच गराउनु भन्दा विच सडकमा रोकेर चेकजाँचले दुर्घटना न्यूनिकरण कुनै भूमिका नहुने स्थानीयले तर्क राखेका छन ।

महेन्द्रनगरका स्थानीय समेत कञ्चनपुर निर्माण व्यवसायी संघका सदस्य सुर्य बहादुर चन्दले बोतल नपाएपछि माथिको आदेश रे ? भन्दै ट्राफिक प्रहरीमाथि प्रशन गरेका छन । चन्दले जनतालाई सुरक्षा होकी सास्ती । १ किलोमिटरमा २,३ ठाँउमा ट्राफिक चेकिङ्ग ?

जिल्लाभरी हाईवेयरमा मात्रै १२, १३ ठाँउमा बोतल नपाएपछि माथिको आदेश रे ? भन्दै आलोचना गरेका छन । गत पुष १ र ३०मा पुर्वपश्चिम राजमार्ग अन्र्तरगत बेदकोट नगरमा सवारी दुर्घटनामा दुई विद्यार्थीले ज्यान गुमाएपछि नेकपा एमाले बेदकोट नगरका अध्यक्ष एव कञ्चनपुरका युवा हरिश भाटले ट्राफिक प्रहरी अशुल्न केन्द्रीत हुन सवारी दुर्घटना बढिरहेको दावि गरेका थिए ।

राजमार्ग सहितका विभिन्न गाँउबस्तीहरुमा दुर्घटना न्यूनिकरणमा नाममा दुईपाङग्रेदेखि १८चक्के ट्रकमा चेकजाँच बढाएपनि दुर्घटना न्यूनिकरण नभएको स्थानीय पदम जोशीको आरोप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार जिल्लामा सवारीसाधन दुर्घटनाको दर भयावह देखिएको छ ।

सवारीसाधन दुर्घटनामा परी हरेक महिना ५ देखी ८ जनाले अकालमै ज्यान गुमाउँदै आएका छन । पौष महिनामा ८ वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो, भने यो माघ महिनाको शुक्रवारसम्म ८ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले जनाएको छ ।

शुक्रवार बेलौरी नगरपालिकामा मोटरसाइकल दुर्घटना हँुदा वडा नं ५ को कार्यालय नजिक सु।प।प्र ०१ ०१० प ८२४७ नंबरको मोटरसाइकल दुर्घटना भयो । उक्त मोटरसाईकलमा सवार २ जना मध्ये एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका ६ का २३ वर्षको अमर चौधरी चालकको मृत्यु भएको छ ।

भने मोटरसाइकलमा सवार ३० बर्षका करन चौधरी घाइते भएका छन । यस्तै माघ १८ गते पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म।२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भयो । माघ १६ गते पनि बेदकोट नगरपालिका १० दैजीका २७ वर्षीय सुकराम रानालाई टयाक्टरले ठक्कर दिँदा उनको मृत्यु भयो ।

यस्तै, माघ १४ गते, अटो दुर्घटना हुँदा पुनर्वास नगरपालिका–५ सिमरीमा २८ वर्षीय सरोज रिमालको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाभित्र सडक दुर्घटना बढ्दै गएको बताएको छ । पछिल्लो दुई वर्षको अवधिमा मात्र जिल्लामा एक सय ९० सवारी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको हो । अत्यधिक तिव्रगतीमा सवारी हाक्ने, मापसे गरेर सवारी चलाउने, सडकको दुरावस्था, र छाडा चौपायासँग ठोक्किएर सडक दुर्घटना बढेको पाईएको उनले बताए ।

उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनका चालकलाई प्रशिक्षण दिएर सचेत गराउने कार्यक्रम गर्दै आएको बताए । अहिले ठाँउठाँउमा ट्राफिक चेकिङ पनि बढाएको र दुर्घटनालाई न्युनिकरण गर्ने कार्य पनि गरिरहेको उनले बताए ।

यसैगरी ६४ जना सामान्य घाइते भएका छन । सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको प्रयासले मात्रै नहुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट दुर्घटना न्यूनिकरणका लाग भूमिका निर्वाह गर्नुपर्ने मुख्य गरेर सवारी दुर्घटना न्यूनिकरण लक्षित ट्राफिकले भूमिका निर्वाहमा जोडदिईएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा ९३ र आव २०७८÷७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९÷८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन । सवारी दुर्घटनामा परेर आर्थिक २०७७÷७८ मा ३५ र २०७८÷७९ मा ३३ जनाको मृत्यु भएको थियो । गत आर्थिक वर्षमा जिल्लाभरि १०० भन्दा बढी सवारीसाधन दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया दिनुस