कञ्चनपुर । कैलाली कञ्चनपुरका विभिन्न खुला सीमा नाकाबाट तस्करी बढिरहेको छ । हुनत तस्करी नियन्त्रण कहिल्यै भएको थिएन, तर संघीय सरकारमा गृहमन्त्री रिक्त र कैलाली कञ्चनपुरका प्रहरी प्रमुख सरुवा भएसंगै तस्करी बढिरहेको छ । तस्करी रोक्नका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका ठाँउ ठाँउमा ‘बिओपी’ स्थापना भएपनि तस्करी भने नियन्त्रणको साटो बढिरहेको छ । सीमावर्ती क्षेत्रबाट सहजै आएको समान विचबस्ती गाँउ शहरमा पुगेपछि प्रहरीले बरामद गर्दै आएको छ ।

नेपाल प्रहरीका अधिकारीले सशस्त्र प्रहरीले सीमा क्षेत्रबाटै तस्कर समुहसंग अनाधिकृत रुपमा लाईन आर्थिक लाभ लिन थालेपछि तस्करी रोक्न नेपाल प्रहरीलाई हम्मेहम्मे भईरहेको बताउँदै आएका छन । तस्करी हुने मुल नाकामा सशस्त्र प्रहरी तैनाथ छन, उनीहरुको २४ सै घण्टा डिउटी हुन्छ, तर भारतबाट दैनिक तस्करी भईरहेको नेपाल प्रहरीका अधिकारीको आफ्ना उपल्ला हाकिमसंग यही गुनासो पोख्दै आएका छन ।

यता सशस्त्र प्रहरीले नेपाल प्रहरीले आफुहरुलाई लगाएजस्तो कुनै नभएको र नेपाल प्रहरीले समेत लाईनकै लागि काम देखाउनका लागि लाईन नदिनेमाथि मात्रै एक्सनमा उत्रिएको आरोप लगाउँदै आएका छन । कैलाली कञ्चनपुरका जिल्लामा रहेका प्रहरीले तस्करलाई छुट दिएपछी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले कञ्चनपुर कैलालीबा तस्करीका समान बरामद आएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली र कञ्चनपुरका विभिन्न खुला नाकाबाट अवैध रुपमा भन्सार चोरी छलीका समान बरामद गरेर भन्सार बुझाएको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखको जिम्मेबारी पाएका नेपाल प्रहरीका नायब महानिरीक्षक अशोक सिह नेतृत्वको कार्यालयले तस्करी नियन्त्रणमा उच्च तदारुकता देखाएको छ । केही दिन यता सुदूरपश्चिम प्रदेश प्रहरीको टोली कैलाली कञ्चनपुरका मुख्य गरेर चोरी तस्करी नियन्त्रण एव लागु औषध निन्त्रणमा जुटेको छ ।

प्रहरी प्रहरीको टोलीले कैलालीबाट खैरो हिरोईन सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । भने कञ्चनपुर कैलालीबाट तस्करी हुन लागेको अवस्थामा अवैध समान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका वडा २ र ३ का बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका अवैध समान बरामद गरेको छ । ६५ हजार रुपैयाँ बराबरका भन्सार छलीका समानहरु बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली, प्रहरी चौकी त्रिनगर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको टोलीले चिनी, सुर्ति, गुट्का, प्लाष्टिक, कपडा, तरकारी लगायत समान बरामद गरेको थियो। गस्ती टोलीले भारतबाट भन्सार छलि गरी ल्याएका बेवारिसे अवस्थामा समान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त समानहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा पठाइएको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिई गएको प्रहरी टोलीले भुजेला पुल नजिकबाट भन्सार छलि गरी भारतबाट नेपाल ल्याएको ३१ हजार २४० रुपैयाँ बराबरको चिनी, दाल, खुर्सानी, गुड, पास्ता, बिस्कुट, मिश्री, बदामलगायत वेवारिसे अवस्थामा रहेका समान फेला पारी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ । यस्तै आइतबार पनि भीनपा ४ भाँसी क्षेत्रबाट १लाख ३१ हजार २४८रुपैया बराबरको समान बरामद गरेर भन्सार बुझाईएको छ ।

प्रहरीले दैनिक सीमा क्षेत्रदेखि पास भएको समान बरामद गर्न थालेपछि कैलाली कञ्चनपुरमा धमाधम तस्करी भईरहेको बढिरहेको देखिन्छ । प्रदेश प्रहरीको स्प्रिट मिसनले निरन्तरता पाए सुदूरपश्चिम प्रदेशमा तस्करी, लागु औषध ओसारपोसार गैर कानुनी गतिबिधी केहीहदसम्म नियन्त्रण हुने अपेक्षा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक भोला बहादुर रावलले गैर कानुनी गतिबिधी एव भ्रष्टाचारमा सुन्य सहनशिलता अनुरुप प्रदेश प्रहरीले जिल्ला, दङगा, ईप्रका, चौकीदेखि सबै युनिट सकृय पारेको बताए ।

‘हामीले जुनसुकै गैर कानुनी गतिबिन्धी नियन्त्रण गर्ने हो, ‘उनले भने, ‘प्रदेश प्रहरीले जहिले नै निरन्तर सुशासन र सुरक्षाका लागि कामकाज अघि बढाउँदै आएको छ ।’ कुनै प्रहरी तस्करसंग मिलोमतो हिमचिम भएको प्रमाणित भए कार्बाही गरिने बताउँदै सुचना अधिकारी रावलले राज्यले तोके अनुरुप कामकाजमा खटिन निर्देशन दिनुभयो ।

प्रहरीले यस्तै गरि तस्करी, लागु औषध एव सुशासनमा निरन्तरता दिनुपर्ने स्थानीयको माग छ । लाईन खाएर तस्कर छुट दिने प्रहरीमाथि समेत कार्बाही भएमात्रै तस्करी नियन्त्रण गर्दै जाने सुझाव छ । तस्करीका कारण कैलाली कञ्चनपुरका भन्सारले लक्ष्य अनुरुप समेत भन्सार राजस्व संकलन गर्न नसकेपछि चौतर्फि आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुस