कञ्चनपुर । आउँदो साता सोमबार(फागुन १ गतेदेखि) कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा खुुला मञ्चमा संचालन हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । ‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औँ संस्करण महोत्सव संचालन गर्न लागेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य तथा महोत्सव मुल आयोजक सचिवालय सदस्य तेज बहादुर चन्दले यस पटक फरकशैलीमा महोत्सव संचालन हुने बताए । ‘दुई बर्षपछि हुन लागेको महोत्सवमा यस बर्ष केही पृथक बनाउने योजनामा छौँ, ‘उनले भने, ‘सबैतिर तयारी अन्तिम चरणमा पुगेको छ । वाणिज्य उपाध्यक्ष धर्मसिह रावलले महोत्सवमा यस पटक सेल्फी प्वाईन्ट सहितको विवित सेवा सुविधा रहेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार प्रसार समिति संयोजक खगेश्वर बोहराले तयारी अन्तिम चरणमा पुगेको बताए । महोत्सव संचालन हुने खुलामञ्च व्यवस्थापन, स्टल, बाल उद्यान, गेट, खाद्य स्टल, सरसफाईदेखि सम्पूर्ण तयारी अघि बढेको छ ।

महासचिव बोहराका अनुसार महोत्सवको तयारीका लागि वाणिज्य संघका पुर्व अध्यक्ष, पदाधिकारी, निर्वतमान कार्य समितिका पदाधिकारी सहित खटिएका छन । वाणिज्य संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको छ । कोरोना महामारीका कारण लगातार दुर्ई बर्ष हुन नसकेको मेला यस पटक ०७९ सालमा हुन लागेको छ । मेलाको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुर आउने भएका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले यस पटक एयरका्रप्ट सहितको स्टल राखिने बताए । उनका अनुसार स्टल समेत ७०प्रतिशत बुकिङ्ग भईसकेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले महोत्सव विगत भन्दा केही फरक पुरस्कृत बनाईने बताए । ‘हामीले सुदूरपश्चिमको लोक संस्कृति झल्किने गरि देउडा प्रतियोगिता समेत सचालन गछौँ, ‘उनले भने, ‘महोत्सव आर्थिक, समाजिक एव साँस्कृतिक केन्द्रीत हुनेछ ।

अध्यक्ष जोशीले यसअघि देखि गर्दै आएका यस क्षेत्रका विकासका योजनालाई समेत अघि बढाउने भूमिका निर्वाह गर्दै आएको र यस पटकको मेलाले थप काम गर्ने बताए । उनका अनुसार मेलाको प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काम गर्ने बताए । ‘महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रर्बद्धन हुने हामीले अपेक्षा राखेका छन, ‘उनले भने, ‘विगत भन्दा यस पटक केही मेला थप पुरस्कृत हुनेछ ।’ लगातार दुई बर्ष मेला संचालन हुन नपाएपछि भारतीय उत्तराखण्डबाट समेत दर्शनार्थी मेलामा आउनेछन ।

महोत्सव अलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैया तोकिएको बताए । महासचिव खगेश्वर बोहराले मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रर्बद्धकमा सनराई बैक, डिसहोम रहेका छन । महोत्सव १०फागुनसम्म संचालन हुने र दर्शकको चाप,मागका आधारमा बढाउन सक्ने आयोजकले जनाएको छ ।

आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम संचालन गरिनेछन । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका २ सय हाराहारीमा स्टल हुने छन ।

प्रतिक्रिया दिनुस