कञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी बजारको ५०औँ स्वर्ण जयन्ती मनाईएका छ । बेलौरी नगरपालिकाले बिहीबार एक कार्यक्तमका विच ५०औँ स्वर्ण जयन्ती मनाईएको हो । बेलौरी नगरपालिकाले बजारको ५०औँ स्वर्ण जयन्ती मनाएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बजारको स्थापना दिवस मनाईएको बताए । बेलौरीको थप बजार, उद्योगधन्दा कलकारखाना प्रर्बद्धनका लागि दिवस मनाईएको बताए ।

बेलौरी नगरका प्रमुख चौधरीले उद्योगमन्त्री समक्ष बेलौरी नाका विस्तारदेखि स्थानीय व्यवसायीका समस्या बारे ध्यानाकर्षण गराईएको बताए । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन । महोत्सव उद्घाटन गर्दै उद्योगमन्त्री भण्डारी बेलौरी भन्सार नाका विस्तारका लागि पहल गर्ने बताए ।

‘मैले बेलौरी भन्सार नाका स्थापना गर्नका लागि आफ्नो मन्त्रालयका तर्फबाट पहल गर्छु, ‘मन्त्री भण्डारीले भने, ‘यस क्षेत्रका संसदसंग समन्वय गरेर अघि बढ्छु यस विषयमा अर्थमन्त्रीलाई समेत अवगत गराउँछु ।’ सान्र्दभिकता र महत्वलाई अघि सार्दै अघि बढ्ने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीले नेपाल भारत पारवहनको विषयमा समेत पहल गर्ने बताए, दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह निर्माणमा समेत गरिने बताए । सुख्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित बस्तु तथा सेवा निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुने बताए ।

प्रतिक्रिया दिनुस