नेपाल कम्युनिष्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरपालिकाको इन्चार्जमा वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महरा तोकिएका छन् ।

वडाध्यक्ष महरालाई बिहिवार शुक्लाफाँटा नगरपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको नेकपा (बहुमत) कञ्चनपुरका इन्चार्ज अर्जुन दयालले बताए ।

नगर इन्चार्ज तोकिए सङ्गै महराले राष्ट्रियता,जनतन्त्र र जनजीविकाको सवालमा सधै अग्रसर भएर लाग्ने बताए ।उनले जनताको दैनिक जीवनसंग जोडिएका सवालहरु र समाजमा हुने अन्याय,अत्याचार,दमन,शोषण,जातीय विभेद,छुवाछूत,भ्रष्टाचार, अनियमितता,ढिलासुस्ती लगायतका समाज विरोधि गतिविधिमा शशक्त रुपमा अगाडि बढ्ने समेत बताएका छन् । त्यस्तै महराले भने भ्रष्टाचार अनियमितताका बिरुद्धमा शशक्त रुपमा अगाडि बढने बताएका छन ।

गत पौष २२ गते नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा (बहुमत) मा समाहित भएका महरा तत्कालीन नेकपा माओवादी पार्टीको जनमुक्ति सेना नेपालका शैन्य कमान्डर पनि हुन्।

नेकपा (बहुमत)केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’को संयोजकत्वमा अहिले नेपालमा राष्ट्रियता,जनतन्त्र र जनजीविकाका सवालमा नेपाल सरकारलाई ४४ बुदे मागपत्र बुझाएर सङ्घर्षरत रहेको छ ।

प्रतिक्रिया दिनुस