कञ्चनपुर, विभिन्न पाटी परित्याग गरेर कञ्चनपुरका केही युवा नेकपा बहुमतमा प्रवेस गरेका छन । बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको १८औँ जिल्ला सम्मेलन उद्घाटन समारोहमा दर्जनौँ युवाले बहुमत पाटी प्रवेस गरेका हुन ।

नेकपा बहुमत कञ्चनपुरका संयोजक नक्सालले विभिन्न पाटी परित्याग गर्दै कञ्चनपुरका युवाहरुले बहुमत प्रवेस गरेको बताए । बहुमत कञ्चनपुरका संयोजक नक्सालका अनुसार नारायण राना, शुनिल राना, किशोर राना, दिपेन्द्र राना, जित बहादुर राना, सुरेश रानाले नेकपा बहुमत प्रवेस गरेका छन

।बहुमत प्रवेस गरेकाहरुलाई नेकपा बहुमत केन्द्रीय संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले पाटी प्रवेस गराउँदै पार्टीमा युवाहरुको खाँचो रहेको देश र जनताको पक्षमा काम गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुस