कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगर पालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि बेदकोट नगरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।

बेदकोट नगरपालिकाको आयोजनामा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड एव तेस्रो पालिका स्तरिय प्रतियोगिता संचालन भएको छ । प्रदेश सभा सदस्य बहादुर सिह थापाले एक कार्यक्रमका विच राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले राष्ट्र चिनाउने बताए ।

बेदकोट नगरका प्रमुख भोजराज बोहराले नगरपालिकाबाट जिल्ला प्रदेश हुँदै केन्द्रसम्म प्रतियोगितामा सहभागि हुन आब्हान गरेका छन । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले प्रतियोगितामा १७ विद्यालयको सहभागिता रहेको बताए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य उप प्रमुख तुलसी जोशीले गर्नु भएको थियो कार्यक्रममा वडा अध्यक्ष , कार्यपालिका सदस्य शिक्षा प्रेमी , राजनीतिक दलका प्रतिनिधि , बजार ब्यबस्थापन समितिका प्रतिनिधि लगायत नगर भित्रका बिद्यार्थी भाई बहिनी हरुको भब्य उपस्थिति रहेको थियो उक्त प्रतियोगिता २९माघसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुस