कञ्चनपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिति कञ्चनपुरको नयाँ कार्य समिति चयन भएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल मगर संघ कञ्चनपुरको १७ औँ जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो ।

नेपाल मगर संघ कञ्चनपुरका नव चयन भएका सदस्य तुल थापामगरले सहमतीय आधारमा जिल्ला कार्य समिति चयन भएको बताए । उनका अनुसार अध्यक्षमा पुनम थापामगर सर्वसम्मत चयन भएका छन ।

उपाध्यक्ष केशव राना मगर, सचिव सजय मगर, सह सचिव रामयद्धु मगर, कोषाध्यक्ष नरेन्द्र रानामगर, सदस्य तुल ब. थापामगर, लेख ब. रानामगर, पवित्रा रोक्का मगर, देवु थापामगर, तिल ब. रेगामी मगर, मनोज नाथामगर, नरेन्द्र थापामगर, मनमाया थापामगर, किशन ब.मगर, खडक रोका मगर, सल्लाहकारमा पदम थापामगर, नरसिह पुनमगर, हरि ब. थापामगर, दिल ब.रानामगर, कृति थापा मगर रहेका छन । नेपाल मगर संघ कञ्चनपुरको सदस्यमा चयन भएका तुल थापामगरले जिल्लाभरीका मगर समुदायको समस्या पहिचान गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुस