कञ्चनपुर । सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको हो ।

महोत्सवको एक कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले महोत्सव उद्घाटन गर्दै यस अघि पहिलो आफु प्रधानमन्त्री हुँदा महोत्सव उद्घाटन गर्ने अवसर पाएको र अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा समेत महोत्सव उद्घाटन गर्ने अवसर पाएको बताए । प्रधानमन्त्री प्रचण्डले मेला महोत्सवले आर्थिक गतिबिधी एव स्थानीय बस्तु सेवा एव कला संसकृतिको प्रर्बद्धनमा जोडदिएका छन ।

‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले १४ औँ संस्करण महोत्सव संचालन भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार प्रसार समिति संयोजक खगेश्वर बोहराले महोत्सव वाणिज्य संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको बताए ।

कोरोना महामारीका कारण लगातार दुर्ई बर्ष हुन नसकेको मेला यस पटक ०७९ सालमा हुन लागेको महोत्सवमा झण्डै ५ करोडको कारोबार हुने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले प्रधानमन्त्री प्रचण्डलाई सुक्का बन्दरगाह, दैजी औद्योगिक क्षेत्र, महाकाली कोरिडोर सहितका यस क्षेत्रका औद्योगिक विकासका साथै करछुट गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

निर्वाह गर्दै आएको र यस पटकको मेलाले थप काम गर्ने बताए । आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको अध्यक्ष जोशीले बताए । महोत्सवमा लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ ।

महोत्सव अलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैया निर्धारण गरिएको छ । मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रर्बद्धकमा सनराई बैक, डिसहोम रहेका छन । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका २ सय हाराहारीमा स्टल रहेका छन ।

१० दिनसम्म संचालन हुने महोत्सव दर्शकको चाप,मागका आधारमा बढाउन सक्ने आयोजकले जनाएको छ । स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम संचालन गरिनेछन । महोत्सव उद्घाटनका दिन दार्चुला, कञ्चनपुर सहितका क्षेत्रको लोक परम्परागत संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएका छन । भारतीय सहितका लाखौँ दर्नशनार्थीले महोत्सव अवलोकन गर्ने छन ।

प्रतिक्रिया दिनुस