जन युद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे फाेटाेमा माल्यार्पण गर्दै दिप प्रज्वलन नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटिले जनयुद्ध दिवस मनाएका छन ।

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट( बिक्रम )ले २८ औँ जनयुद्ध दिवसकाे अवसरमा सबैलाई शुभकामना दिदै जनयुद्ध दिवस मनाए। दिप प्रज्वलन कार्यक्रममा पार्टी प्रदेश कमिटि सदस्य शुक्लाफाँटा इन्चार्ज ईश्वर सुनार पार्टी सह इन्चार्ज दुर्गा जाेशी भट्ट , शुक्लाफाँटा नगरपालिका  वार्ड ३ का अध्यक्ष नरेन्द्र चौधरी जलन लगाएत नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियो

प्रथम सहिद दिलबहादुर रम्तेलकाे फाेटाेमा माल्यार्पण गर्दै दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको नेकपा माओवादी शुक्लाफाँटा नगर सचिव दिपक राज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस