कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले संगठन विस्तार गरेको छ । बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले इकाई कमिटि विस्तार गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दल बहादुर धामी(अबिरल)ले स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन, विद्यार्थीको हक अधिकार एव शैक्षिक विकृती बिरुद्धमा शसक्त क्रान्तिकारी ईकाइ विस्तार गरिएको बताए ।

क्रान्तिकारी नेता अबिरलका अनुसार महाकाली बहुमुखी क्याम्पसमा भोजराज एसके नेतृत्वमा ३१ सदस्यीय इकाई कमिटि विस्तार भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टको प्रमुख आथित्यमा संगठन विस्तार भएको हो ।

क्रान्तिकारीले शसक्त रुपमा जिल्लामा शैक्षिक विकृती, बिसङगती, विद्यार्थी हक अधिकारका लागि संगठन विस्तार गरिरहेको बताए । उनका अनुसार जिल्लाका अन्य क्याम्पसहरुमा समेत संगठन विस्तार एव स्ववियू निर्वाचन अभियान जारी रहेको छ ।

प्रतिक्रिया दिनुस