कञ्चनपुर । आईतरबार साझ कञ्चनपुर प्रहरीले एक यात्रु बहाक बसबाट शंकास्पद समान बरामद गरेक छ । महेन्द्रनगरदेखि लामो दुरीमा जान लागेको बसमा शंकास्पद समान तस्करी भईरहेको सुचना पाएपछि यात्रु सहित बस जिप्रका ल्याएको प्रहरीले केही समान बरामद गरेको छ । तर, उक्त समान बारे प्रहरीले केही सार्वजनिक गरेको छैन ।

गत साता भीनपा ४ भगतपुर क्षेत्र एक घरबाट जुवाडे समातेर घटना सामसुम पारेपछि कञ्चनपुर प्रहरी नेतृत्वप्रति नागरिकको विश्वास गुमिरहेका बेला यस घटनामा समेत प्रहरीले मुख खोलेको छैन । यात्रु बहाक बस भित्र ल्याएर १४ बोरा समान बरामद गरेको र उक्त समान भन्सार नकाटेको दावि गरिएको छ ।

उक्त अवैध समान बसबाट झिकेर जिप्रका लगिएका तस्बिर बाहिरिएका छन । तर, ठुला बडाको उक्त समान भएकाले अवैध समान सामसुम पार्ने त होइन भन्दै स्थानीयले थप शसङकित भएका छन ।

उक्त समान कसको हो ?  भन्ने बारेमा कञ्चनपुर प्रहरी प्रवक्ता प्रकास डाँगीले चिनी भएको मात्रै भएको बताए । बसको गाडी गाडी नम्बर, सवारी धनी, चिनी मालिक बारे अनुुसन्धान भईरहेको बताएका छन ।

प्रतिक्रिया दिनुस