कञ्चनपुर । योङ कम्युनिष्ट लिग(वाईसियल) नेपालले संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले अस्वभाविक तरिकाले गरिरहेको गतिविधि प्रति संगठनको गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
वाईसियल कञ्चनपुरले बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाँउदै संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले अस्वभाविक तरिकाले गरिरहेको गतिविधि प्रति हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
वाईसियल कञ्चनपुरका संयोजक तिलक जप्रेल(मुस्कान)ले पछिल्ला केही दिनयता अस्थिरता मच्चाउने षड्यन्त्रकारी समुहले चलखेल गरिहरकोप्रति वाईसियल नेपाल सजक रहेको बताए ।
ज्ञापन पत्रमा मुलुक संविधान सभाको निर्वाचन पश्चात नयाँ संविधानको निर्माण, संविधान अनुसार दाश्रो पटकको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७९ पनि सम्पन्न भएको उल्लेख गरिएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार निर्माण भइ यति बेला देश राष्ट्रपतिको निर्वाचनको सधारमा छ, ‘ज्ञापन पत्र एल उल्लेख गरिएको छ, ‘अहिले सरकारको प्रयुक दायित्व शान्ति, विकास, समृद्धि र सुशासन कायम गर्नु हो ।’ गणतन्त्रलाई संस्थागत गर्न र शान्ति प्रक्रियाका बाँकी कार्य तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अवान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा हाम्रा संगठनको गम्भीर ध्यानाकर्षण भएको हुदा ज्ञापनपत्र पेश गरेको जनाईएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान, संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले केहि दिन यता अस्वभाविक तरिकाले गरिरहेको गतिविधि प्रति हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको छ ।
‘यस्ता पड्यन्त्रकारी व्यवस्था विरोधी अराजक अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदढीकरणका लागि सरकार समक्ष जोडदार माग गर्दछौ ।’

। शान्तिप्रतिकियाका बाकी कामहरुको निरुपण गर्ने द्वन्दकालिन घटनाबाट पिडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन अवश्यक विधेयक निर्माण गरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिएको व्यक्तिको छानविन सम्बन्धि आयोग गठन गरि संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका सम्पुर्ण विषयको निरुपण गर्ने शान्ति प्रतिक्रियाका बाकी काम लाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुयाउन नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।
जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषण गर्न र तिनका परिवारहरु सम्मानित वातावरणमा बाँच्न सक्ने गरि उचि राहात, क्षतिपूर्ति र व्वस्थापनको लागि माग अघि सारिएको छ ।
‘देश अर्थतन्त्रको चरम संकटमा छ जसका कारण साना ठुला उद्योगी व्यापारीहरु दिनदिनै धरापमा परिरहेका छन । ऋणिहरुलाई अनावश्यक दवाव सिर्जन गर्ने घरबारविहीन विहिन बनाउने, आत्महात्या जस्ता जघन्य अपराधमा दुरुत्सान गर्ने कार्यहरु भैरहेको छ, ‘विज्ञप्तीमा उल्लेख गर्र्दै ‘अर्थत्रन्त्र संकटको यसघडिमा मिटरव्याजिहरु सल्वाईरहेको अवस्थामा यिनको रोकथाम र नियन्त्रण गर्न र आरालो लागेको अर्थतन्त्रलाई मजबुत बनाउन तिव्र पहलकदमिको लागि सरकार समक्ष जोडदार माग गर्दछौ ।’ वाईसियल नेपाल कञ्चनपुरका संयोजक तिलक जप्रेल(मुस्कान)द्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा सरकारका विभिन्न निकायवाट भैरहेका भ्रष्टाचार, घुसखोरी, अनियमितता, ढिलासुस्तीहरुको रोकाथाम र नियन्त्रण गरि देशमा शुसासन कायम गरि जनताको सरकारको रुपमा प्रत्याभुत दिलाउन समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुस