कञ्चनपुर । आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनका लागि आफ्ना उम्मेदवारका लागि अखिल क्रान्तिकारीले मत माग्दै हिडेका छन ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आफ्ना उम्मेदवार जिताउनका लागि विद्यार्थीसंग मत मागिरहेका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्ट, संयोजक भुवन सिह विष्ट सहितका क्रान्तिकारी नेताहरु विद्यार्थीसग मत मागिरहेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्टले बेलौरी, बेलडाँडी र पुनर्वास नगरपालिका क्षेत्रमा रहेका रौलेश्वर, रामपुर, महाकाली र जनता बहुमुखी क्याम्पसका संगठनका उम्मेदवार जिताउन मत मागेको बताए ।

‘हामीले आम विद्यार्थीसंग क्रान्तिकारी र क्रान्तिकारीले संयुक्त रुपमा अघि सारेका उम्मेदवार जिताउन विद्यार्थीसंग मत मागिरहेका छौँ, ‘उनले भने, ‘विद्यार्थीलाई मत माग्दै जितेपछि आम विद्यार्थीको हकहितमा काम गर्ने प्रण गरेका छौँ ।’

पुनर्वासको जनता बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियु संयुक्त रुपमा र अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा होमिएको छ । महाकाली बहुमुखी क्याम्प बेलौरीमा अखिल क्रान्तिकारी, समानजवादी निकट अनेरास्ववियु संयुक्त प्यानल र नेवि संघ, अनेरास्ववियु, नागरिक उन्मुक्ति निकट विद्यार्थी एक्लै चुनावी मैदानमा होमिएका छन ।

रामपुरमा अखिल क्रान्तिकारी, नेवि संघ र अनेरास्ववियु एक्लाएक्लै चुनावी मैदानमा छन । रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पमा नेवि सघ अखिल क्रान्तिकारी संयुक्त र अनेरास्ववियु एक्लै चुनावी मैदानमा होमिएको छ ।

प्रतिक्रिया दिनुस