कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा खखडेहरा महोत्सव शुरु भएको छ । मंगलबारदेखि लालझाडी गाँउपालिका ३ नन्दगाँउको खेलमैदानमा खखडेहरा महोत्सव शुरु भएको हो ।

कञ्चनपुर, कैलालीमा बस्दै आएका रानाथारु समुदायको लोक कला संस्कृतिक संरक्षण प्रबद्र्धन प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

रानाथारू कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा संचालन भएको महोत्सवको एक कार्यक्रमका विच प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गले उद्घाटन गर्दै महोत्सव जस्ता कार्यक्रमबाट रानाथारु समुदायको लोक संस्कृति संरक्षणमा जोडदिए ।

कार्यक्रममा बिशिष्ठ अतिथि समेत रहेका नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष एव संविधान सभा सदस्य कृपाराम रानाले रानाथारु समुदायको लोक संस्कृति संरक्षण अपरिहार्य रहेको बताए ।

लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले कैलाली कञ्चनपुरमा बस्ने रानाथारु समुदाय धर्तीपुत्रकै रुपमा रहेकाले संस्कृति संरक्षणमा जोडदिए । रानाथारू कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष नारायण रानाले होली पर्वको अन्त्य सँगै राना समुदायकाले मनाउने खखडेहरालाई महोत्सव गरिएको बताए ।

महोत्सवमा रानाथारु कला संस्कृति झल्किने साँस्कृतिक झाँकी प्रदर्शन, स्थानीय मौलिक खाने परिकार, कला सस्कृतिका झक्किने स्टल राखिएका थिए । स्थानीय कलाकारको नृत्य तथा गायन प्रस्तुति, जनचेतनामूलक नाटक, रानाथारु समुदायका खानाको परिकार आदिको प्रदर्शनी गरिएको छ ।

उद्घाटनका दिन रानाथारु समुदायका बाल कलाकार ऋषि राना सहितले आफ्नो प्रंस्तुत गरेका थिए । महोत्सवका संयोजक एव उक्त उद्घाटन कार्यक्रमका सभापति समेत रहेका अमर रानाले दोस्रो खखडेहरा महोत्सवले राना थारु समुदायको मौलिक पर्व संस्कृतिलाई जोर्गेना गर्ने बताए ।

महोत्सवको पुर्व सन्ध्यामा २५ जनाले रक्तदान गरेका गरेका थिए । महोत्सव अवलोकनका लागि कञ्चनपुर, कैलालीका विभिन्न बस्तीबाट दर्शक आएका थिए । महोत्सव बुधबारसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुस