लाल ब. एसके

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद सभापतिमा निर्वाचित भएका छन ।

पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित भएका हुन ।

अखिल क्रान्तिकारीका मनोज साउदले अनेरास्ववियु र नेवि संघका संयुक्त उम्मेदवार अनेरास्ववियु नेतृ सकुन्तला मल्ललाई २०मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन । साउदले ११५ र मल्लले ९५ मत ल्याएकी छिन ।

सचिवमा नेवि संघका शुशिल कुँवर निर्वाचित भएका छन । अनेरास्ववियु नेवि संघका संयुक्त उम्मेदवार कुँवरले निकटतमप्रतिद्वन्दी क्रान्तिकारीका अस्मिता पौडेललाई २४ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । कोषाध्यक्षमा पनि नेवि संघका नेता लक्ष्मण सिह ठकुर निर्वाचित भएका छन । नेवि संघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार ठकुरीले अखिल क्रान्तिकारीका गंगा थापालाई ६६मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । सदस्यमा नेवि संघका प्रदिप ठगुन्ना, विपना चन्द, अनेरास्ववियुका प्रवेस पौडेल र बिमला थापा निर्वाचित भएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्टले दुई ठुला संगठनलाई उछिन्दै क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएको बताए । ‘उक्त कयाम्पसमा हाम्रो अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेवि संघ छुट्टाछुट्टै चुनावी मैदानमा गएको भए पुरै प्यानल हाम्रो जित हुने देखेरै उनीहरुले गठबन्धन गरेका हुन, ‘उनले भने, ‘अखि क्रान्तिकारीको लोकप्रियतालाई आम विद्यार्थीले देखाईदिए ।’

उक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेका स्थानीय नेता एव विद्यार्थी संगठन विच संयुक्त चुनावमा जाने सहमती अनुरुप नेवि संघ र अनेरास्ववियुले संयुक्त गठबन्धन गरेका थिए । देशैकै पहिलो र दोस्रो पाटी काँग्रेस, एमाले निकट विद्यार्थीले संयुक्त गठबन्धन गरेर चुनावमा होमिएका थिए, भने तेस्रो पाटी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।

संयुक्त गठबन्धन बनाएका नेवि संघ र अनेरास्ववियुले समेत दुई ठुला दल निकट विद्यार्थी संगठन संयुक्त चुनावी मैदानमा उत्रिएपछि तेस्रो शक्ति माओवादी निकट क्रान्तिकारी स्वगत पराजित हुने आँलकन विपरित क्रान्तिकारीका उम्मेदवार प्रमुख पदमा निर्वाचित भएका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले क्रान्तिकारी संगठनप्रति आम विद्यार्थीको विश्वास रहेको पुष्टी भएको बताए । निर्वाचित स्ववियु सभापति मनोज साउद सहितका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र पुनर्वासका स्थानीय नेता कार्यकर्ता एवल क्रान्तिकारी नेताहरुले बधाई तथा सम्मान गरेको छ । उक्त क्याम्पसमा २सय ९१ मतदाता मध्ये २सय १०मत खसेका थिए ।

प्रतिक्रिया दिनुस