कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार माओवादी केन्द्रले बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो । नगरको सम्बृद्धि सहितका विवित समस्या समाधानका माग अघि सारेर ज्ञापन पत्र बुझाएको नेकपा माओवादी केन्द्र बेदकोट नगरका युवा नेता राजुराम सार्की(भुल)ले बताए । नेता भुलका अनुसार नेकपा माओवादी केन्द्र बेदकोट नगर कमिटिले पालिका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । उनका अनुसार शिक्षा, स्वास्थ्य तथा सरसफाई, भौतिक पूर्वाधार निर्माण, समाजिक सुरक्षा, कृषि तथा पशुपन्छी, जग्गा नापजाँच, सुशासन, वन तथा वातावरण सहितका विवित नगरको सम्बृद्धिसंग सम्बन्धीत एजेण्डा अघि सारेर ज्ञापन पत्र बुझाईएको छ । नेकपा बेदकोट नगर इन्चार्ज गणेश बहादुर विक(कुसल) सहितका माओवादी नगरका पदाधिकारी नेताहरुले नगर प्रमुख भोजराज बोहरालाई ज्ञापन पत्र हस्तान्तरण गर्दै नगरको सम्बृद्धिका लागि गम्भिर भई काम गर्न सुझाव दिएका छन । नेकपा बेदकोट नगर इन्चार्ज गणेश बहादुर विक(कुसल)ले नगरको दिगो विकास, सम्बृद्धि, सुशासनका लागि पालिका प्रमुख भोजराज बोहरालाई ज्ञापन पत्र बुझाउँदै पार्टीले अघि सारेका माग सम्बोधनका जोडदिएका छन । बेदकोट नगरको १५सैया अस्पताल निर्माणदेखि छेला औद्योगिक क्षेत्र संचालनका लागि स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सबै कर्तव्य निर्बाहमा जोडदिएका छन । माओवादी केन्द्रले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै बेदकोट नगर प्रमुख भोजराज बोहराले नगरको दिगो विकाससंग सम्बन्धीत एजेण्डा कार्यान्वयमा प्रतिबद्धता जाहेर गरेका छन । माओवादी केन्द्रले पार्टीले अघि सारेका योजनामा वेवास्ता गरेर आन्दोलनको चेतावनी दिएका छन । यि हुन नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिकाको दिगो विकास र सम्बृद्धिका लागि अघि सारेका एजेण्डाहरु

(क) शिक्षा १. विद्यालयको वस्तुगत यथार्थ स्थितिको पहिचानगरी निश्चित कार्यविधिका आधारमा नगरपालिका भरिका शिक्षकहरुको दरबन्दी मिलान गरियोस् ।

२. सरकारी र समुदायिक विद्यालयहरुमा प्रभावकारी रुपमा विद्यार्थी भर्ना अभियानलाई अधि बढाइयोस् ।

३. विद्यालयमा पठनपाठन शुरु हुनु अगावै सबै विद्यार्थीहरुलाई पाठ्युस्तक वितरण गरियोस् ।

४. विद्यालयबाट वितरण हुने छात्रवृत्तिलाई पारदर्शी ढंगबाट समयमै वितरण गरियोस् ।

५. निजीश्रोतका शिक्षकहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइयोस् ।

६. बाल विकास सहयोगी कार्यताहरुलाई विद्यार्थी संख्याको आधारमा पदस्थापना तथा व्यवस्थापन गरियोस् ।

७. बेदकोट न.पा. भित्र स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि शारदा मा.वि. दैजी र भुवनेश्वरी मा. वि. सिसैयामा क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्नका लागि कार्यदल गठन गरी परिचालन गरियोस् ।

८. प्रत्येक विद्यालयमा अनिवार्य सिसिटीभी क्यामेरा जडान गरियोस् ।

९. गरिब, दलित, विपन्न जनजाति, आदिवासी, अपांगता लगायत विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरियोस् । १०. प्रत्येक विद्यालयमा शुद्ध खानेपानी सहितको महिलामैत्रि शौचालयको अनिवार्य व्यवस्था गरियोस् ।

(ख) स्वास्थ्य तथा सरसफाई ः

१. शारदा मा.वि.को जग्गामा निर्माण हुन गइरहेको १५ शैयाको अस्पताल ठेक्का भई पेश्की रकम समेत ठेकेदार कम्पनीले लिएपश्चात पनि हालसम्म निर्माण कार्य अघि नबढेको हुँदा रोकिएको निर्माण कार्य तुरुन्तै अघि बढाइयोस् ।

२. नगर क्षेत्रभित्र रहेका स्वास्थ्यचौकी तथा गाउँघर क्लिनिकहरुमा स्वास्थ्यकर्मी, औषधी तथा स्वास्थ्य सामग्रीको आवश्यकता अनुसार पूर्ति गरियोस् । ३. नगर अस्पताल सञ्चालन हुनुभन्दा पहिला कम्तिमा पनि दैजी स्वास्थ्य चौकी र सुडा स्वास्थ्य चौकीमा ११ जना अधिकृत स्तरको चिकित्सकको दरबन्दी कायम गरी पदस्थापना गरियोस् ।

४. गर्मीयामसँगै हुने रोगव्याधीबाट नगरवासीलाई सुरक्षित गर्ने किटनाशक विषादि छर्किने तथा लामखुट्टे र डंगुबाट बचाउन नागरिकहरुलाई झुल वितरण गरियोस् ।

५. हाल संचलनमा रहेका एम्बुलेन्स सेवालाई प्रविधिमैत्री बनाएर थप प्रभावकारी बनाएर नागरिकको पहुच वृद्धि गरियोस ।

६. नगरवासीका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न निर्माणाधीन खानेपानीका योजनाहरु यथाशिघ्र सम्पन्न गर्न पहल गरियोस् ।

७. स्वास्थ्य विमालाई भरपर्दो र प्रभावकारी रुपमा अघि बढाइयोस् ।

८. नगरभित्रका फोहोरमैला व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण गर्न छिट्टै पहल गरियोस् । ९. उपचार गर्न नसक्ने विपन्न नगरबासीलाई उपचार गर्न आर्थिक सहायता उपलब्ध गराईयोस ।

(ग) भौतिक पूर्वाधार निर्माण

१. बेदकोट न.पा. भित्र रहेका विभिन्न नदी र खोलाहरुमा सञ्चालनमा रहेका सम्पूर्ण निर्माणाधीन तटबन्ध निर्माणका योजनाहरु वर्खा अगावै चाडोभन्दा चाडो सम्पन्न गरियोस् ।

२. आवश्यकता र प्राथमिकताका आधारमा सडक निर्माण, सडक ग्राभेल तथा सडक कालोपत्रे गरियोस् ।

३. भवन निर्माण लगायत पेश्की संरचनाहरु आर्थिक वर्षका अन्त्यमा गर्ने परिपाटीको अन्तयगरी गुणस्तरीयता कायम गरियोस् ।

४. सबैखाले ढिलासुस्ती र लापरवाहीलाई अन्त्य गरियोस् ।

५. कुलो, नहर, मुहान संरक्षण लगायतका सिंचाईका योजनाहरुलाई किसानको आवश्यकता अनुसार समयमै सम्पन्न गरियोस् । ६. पुल, कल्भर्टहरुलाई तोकिएको समयमा सम्पन्न गर्न कडाइका साथ अनुगमन, निरीक्षण तथा निर्देशन गरियोस् ।

(घ) सामाजिक सुरक्षा

१. बृद्धबृद्धा, एकल महिला, बालबालिका सामाजिक सुरक्षा भत्ता सहज रुपमा समयमा वितरण गरियोस् ।

२. नगरभित्र एउटा आर्याट तथा समाधिस्थलको व्यवस्था गरियोस् ।

३. दुव्र्यसन र कुलतमा फसेका युवाहरुलाई मुक्त गराउन सचेतीकरण अभियान सचालन गरियोस् ।

४. शान्ति सुरक्षा, अमनचयन र अपराध नियन्त्रण गर्न इ.प्र.का. स्थापना गर्न पहल गरियोस् ।

(ङ) कृषि तथा पशुपक्षी

१. तरकारी संकलन केन्द्र तथा हाट बजारको स्थापना गरियोस् ।

२. किसानका लागि आवश्यकता अनुसार मलखादको व्यवस्था गरियोस् ।

३. विउ विजन, औषधी, किटनाशक औषधीको समयमै उपलब्ध गराइयोस् ।

४. व्यवस्थित रुपमा पशुपालन गर्ने किसानलाई प्रोत्साहन गरियोस् ।

५. गाईको दिगो व्यवस्थापन गर्न गाईको दुध र घिउमा उचित मात्रामा अनुदान उपलब्ध गराइयोस्

६. सहकारी तथा वित्तीय संस्थाहरुलाई नियन्त्रण गरियोस् ।

७. फलफुल तथा तरकारी भण्डारणका लागि कोल्ड स्टोरको स्थापना तथा अनुदान उपलब्ध गराईयोस ।

(च) जग्गा नापजाँच ः

१. ऐलानी जग्गाको तुरुन्त लालपूर्जा वितरण गरियोस् ।

२. बेदकोट न.पा. वा.नं. ७, ९ र १० को जग्गा विवादलाई यथार्थ समाधान गरियोस् ।

(छ) सुशासन

१. नगरपालिका र सबै वडामा सुशासनका प्रत्याभुत दिन सुन्य सहनशिलताको निति अख्तियार गरियोस ।

२. अनावश्यक चालु खर्च कटौती गरि पूजीगत खर्चमा वृद्धी गरियोस ।

(ज) वन तथा वातावरण

१. सामुदायिक वनबाट जिल्ला आपूर्ति समितिका लागि छुट्याइने वन पैदावार (काठ, दाउरा) लाई बेदकोट न.पा. भित्रका वनमा पहुँच नभएका नगरवासीका लागि छुट्याउन पहल गरियोस् ।

२. नगरभित्रका खोला तथा नदीमा क्ष्भ्भ् अनुसारको मापदण्ड विपरित नदीजन्य पदार्थ दोहन तथा उत्खनन कार्य बन्द गरियोस् ।

३. नगर क्षेत्रभित्र हरियाली प्रबर्द्धन गर्नका लागि वृक्षारोपण कार्यलाई अभियान अघि बढाइयोस् ।

४. सामुदायिक वन उपभोक्ता समूहबाट प्राप्त हुने करलाई सम्बन्धित क्षेत्रको वन तथा पर्यावरण संरक्षण गर्न खर्च गरियोस् ।

५. छेला उद्योग क्षेत्र सञ्चालनका लागि कार्य सञ्चालन गर्ने तिव्रगतिमा अघि बढाइयोस् ।

प्रतिक्रिया दिनुस