कञ्चनपुर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि सुदूरका उद्यमी पिताम्बर जोशीले घोषणा गरेका छन । यही चैत्र अन्तिम साता २९, २९ गते काठमाण्डौँमा उद्योग वाणिज्य महासंघको ५६औँ अधिवेशन हुन लागेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका जोशीले यस पटक केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिने घोषणा गरेका छन । जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट खुला केन्द्रीय सदस्यका लागि जोशीले उम्मेदवारी दिने घोषणा गरेका हुन । सोही अनुरुप जोशीको प्रचारप्रसारमा उद्योगी, व्यवसायी जुटेका छन । तीन दशकदेखि व्यवसाय गर्दै आएका जोशीले आफ्नो व्यवसाय अन्र्तराष्ट्रिय स्तरसम्म पु¥याएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका उद्यमी पिताम्बर जोशीले उद्योगी व्यवसायीको हकहितका साथै प्रर्बद्धनका लागि केन्द्रीय समितिमा बस्न चाहेको बताए । ‘मैले कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको छु, ‘उनले भने, ‘जिल्लाका उद्यमी व्यवसायीको हकहितका साथै केन्द्रीय सदस्यमा जिम्मेबारी पाएपछि थप केही गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुस