कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ उत्तरी चुरे वनमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार दिउँसो शुक्लाफाँटा नगरपालिका ८ उत्तरी चुरे वन बतासेझरना पर्यटकिय क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको हो ।
शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महराले नगरपालिकाको दमकल सहित स्थानीले आगो निभाएको बताए । वडाध्यक्ष महराले १ घण्टामै डडेलो नियन्त्रण भएको बताए । समयमै आगो नियन्त्रण भएपछि जैविक विविधतामा हुने ठुलो क्षति रोकिएको छ ।
प्रतिक्रिया दिनुस