कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीमा रहेको सिद्धनाथ अमर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुर्व विद्यार्थी नेता अशोक पाण्डे चयन भएका छन । भीमदत्त नगरपालिका ११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पाण्डे चयन भएका हुन ।

नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र ३(क)का सह सचिव समेत रहेका पाण्डेलाई अभिभावकले सर्वसम्मतबाट अध्यक्षमा चयन गराएका छन । नेवि संघको विद्यार्थी राजनीतिबाट काँग्रेसको राजनीति गर्दै आएका पाण्डेको काँधमा विद्यालय व्यवस्थापन समिति समितिको नेतृत्व थपिएको छ ।

पाण्डेले कञ्चनपुरको शैक्षिक क्षेत्रको विकृती, बिसङगती न्यूनिकरण र विकासका लागि झण्डै डेढ दशक नेवि संघको विद्यार्थीमा सकृय भएर लागेका थिए । उनले विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष पाण्डेले प्रविधी सहित गुणस्तरिय ढङगबाट अघि बढाउने योजना अघि सारेको बताए ।

प्रतिक्रिया दिनुस