कञ्चनपुर । नेकपा बहुमतले कञ्चनपुरको बेदकोट नगरपालिका ४ सार्कीपार्की टोलमा निर्माणधिन तटबन्धको अनुगमन गरेको छ । चुरे भएर बग्ने चौधर नदी बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोलमा निर्माणाधिन तटबन्धको अनुगमन गरेको हो ।

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले जिल्ला इन्चार्ज हरिस दयाल सहितका नेता कार्यकर्ताले स्थलगत अनुगन गरेको बताए । ‘हाम्रो पाटी जिल्ला इन्चार्ज हरिस दयाल ज्यू सहितका नेता कार्यकर्ताले निर्माणाधिन तटबन्ध अनुगमन गरेका छन, ‘उनले भने, ‘अनुगमनका क्रममा गुणस्तहिन बनाउन लागेको भेटियो ।’

अनुगमन गर्दै बहुमतले गुणस्तरिय तटबन्ध निर्माणमा सुझाव दिएको छ । महाकाली सिँचाई तेस्रो चरण आयोजना मार्फत उक्त स्थानमा तटबन्ध निर्माण हुँदै छ ।

हरेक बर्षातका कारण चौधर नदीले सार्कीपार्की टोल कटानी गर्दै आएको छ । ठेकेदार कम्पनीले गुणस्तहिन काम गर्न थालेपछि स्थानीय नागरिक, सरकार सहितका राजनीति दलले चासो दिदै गुणस्तरिय काम गर्न सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुस