कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र)ले पाटी संगठन बलियो, चुस्त दुरुस्त जनताको काममा लगाउनका लागि पाटीका नेता कार्यकर्तासंग अन्तरकृृयामा जुटेको छ । माओवादी केन्द्र केन्द्रीय संगठन विभागले पाटी संगठन बलियो, चुस्त दुरुस्त र जनताको काममा लगाउनका लागि सुदूरपश्चिमका नेता कार्यकर्तासंग अन्तरकृया गरेको छ ।

सोमबार पाटीको केन्द्रीय संगठन विभागद्वारा आयोजित सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा अन्तरकृया कार्यक्रम राखेको छ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य नवराज ऐरले पार्टी संगठन बलियो बनाउन, पाटीलाई एकताबद्ध बनाउँदै पार्टीले अघि सारेको नीति, कार्यक्रम जनतासंग प्रभावकारी ढङगबाट पु¥याएर संविधान र संघीयता कार्यान्वयन गर्न पाटीका नेता कार्यकर्ताविच अन्तरकृया गरेको बताए । माओवादी सुप प्रदेशका युवा नेता समेत रहेका ऐरले माओवादीकै संघर्षका कारण आएको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त उपलब्धीको रक्षाका लागि नेता कार्यकर्ताले भूमिका निर्वाह सहित विवित विषयमा घनिघुत छलफल गरिएको बताए ।

कार्यक्तमका सुप प्रदेशका माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टीले जनयुद्धका बेला अघि सारेका नीति,कार्यक्रम एव आधारभूत जनताका आवश्यकतामा विषयमा गम्भिर हुनुपर्नेमा जोडदिएका छन । पार्टीले अघि सारेको एजेण्डा अनुरुप मुलुकमा राजनीतिक उपलबधी भएसंगै विद्यमान नागरिकका आधारभूत समस्या समाधान गर्दै मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्नेमा जोडदिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा(प्रभावकर)ले पछिल्ला दिनहरुमा माओवादी पाटी कमजोर भईरहेकाले त्यसलाई कसरी बलियो बनाउने र जनताको जनअपेक्षा अनुरुप काम गर्न प्रदेशकै अगुवा नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पुर्व अर्थमन्त्री समेत रहेका माओवादी उपमहासचिव शर्माले राजनीतिक उपलब्धीसंगै जनताको अवस्था समेत सुधार अपरिहार्य रहेकाले पार्टीका स्थानीयदेखि केन्द्रीय नेताकार्यकर्ताले आ–आफ्नो ठाँउबाट पाटी निर्माणमा जुट्न आब्हान गरेका छन । पार्टीका हरेक नेता कार्यकर्ताले जनताकै आधारभूत आवश्यकता चाहना एव दुखमा साथ दिएर अघि बढ्न समेत आग्रह गरेका छन ।

माओवादी नेता जनतामुखी हुनुपर्नेमा उपमहाससचिव प्रभाकरको जोडथियो । परिर्वतनका लागि १० बर्षे जनयुद्धको नेतृत्व गरेको माओवादी शान्ति प्रकृयामा आएर चुनावमा भागलिएसंगै ०६४ मा आएको जनमत पछिल्ला निर्वाचनमा घट्दै गएकोप्रति समेत नेता कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन । ०६४ यता ०७९ सम्म आईपुग्दा हरेक निर्वाचनमा माओवादीको जनमत खस्किरहेको विषयमा हरेक माओवादी नेता कार्यकर्ता चिन्तित भई पार्टी निर्माणदेखि जनताको काममा जुट्नुपर्नेमा जोडदिएका छन । नेकपा माओवादी केन्द्र सुप प्रदेशका अध्यक्ष हरि प्रशाद चौधरी.(उत्सव)को अध्यक्षतमा भएको कार्यक्रममा सुप प्रदेशका माओवादी केन्द्रीय कमिटि सदस्य, प्रदेशका पदाधिकारी एव सदस्य र जनबर्गिय संघ संगठनका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस