कञ्चनपुर । नेकपा एमालेका केही नेता कार्यकर्ताहरुले दार्चुलामा एक पत्रकारमाथि कुटपिट गरेका छन । एमाले दार्चुलाका पत्रकार हरि प्रशाद जोशीमाथि कुटपिटका साथै गाली गलैज ज्यानै लिने धम्की दिएका छन ।

न्यूज २४ टिभी दार्चुलाका समाचारदाता पत्रकार जोशीमाथि एमाले नेता कार्यकर्ताले समाचारको विषयलाई लिएर कुटपिट गरेका हुन । अन्य पाटीमाथि प्रेस स्वतन्त्रता र मानव अधिकार ह्ननको संज्ञा दिर्दै आएको एमाले नेता कार्यकर्ता आफै पत्रकार कुटपिटमा उत्रिएका छन ।

पत्रकार जोशीलाई आइतबार बिहान गोकुलेश्वर बसपार्कमा एमाले प्रचारप्रसार विभाग प्रमुख खडक बडासंग मिसन ग्रासरुट अभियानका क्रममा एमाले कार्यकर्ता मनोज साउद, नरी साउदले कुटपिट, दुव्र्यवहार र ज्यान मार्ने धम्की दिएका छन । पत्रकार जोशीमाथि एमाले कार्यकर्ताले गरेको कुटपिट दुव्र्यवहारको पत्रकार संघ संगठनहरुले भत्र्सना गरेका छन । प्रेस सेन्टर नेपाल दार्चुलाका शाखा अध्यक्ष समेत रहेका पत्रकार जोशीमाथि कुटपिट गर्ने माथि प्रेस सेन्टर नेपालले कार्बाहीको माग अघि सारेको छ । प्रेस सेन्टर नेपाल दार्चुृलाका सचिव सारगी खत्रीले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजक समुहमाथि कार्बाहीको माग अघि सारेको छ । पत्रकार जोशीमाथि भएको घटनाको नेपाल पत्रकार महासंघ दार्चुला शाखाले समेत भत्र्सना जाहेर गरेको छ । पत्रकार महासंघ शाखा दार्चुलाका अध्यक्ष कृष्णसिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा महासंघ दार्चुला शाखा सदस्य जोशीमाथि आक्र्रमण गर्ने समुहलाई कार्बाहीको माग अघि सारिएको छ । पत्रकार जोशीमाथि भएको घटनाको प्रेस सेन्टर नेपाल सुप प्रदेशले समेत भत्र्सना जाहेर गरेको छ । प्रेस सेन्टर नेपाल सुप प्रदेशका अध्यक्ष भुवन बोहरा र प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण कुमार भट्ट सहितका प्रेस संघ संगठनहरुले प्रेस वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । पत्रकार जोशीलाई कुटपिट गर्ने दुवैलाई प्रहरीले पक्राउ गरेको छ । दार्चुला प्रहरीका अनुसार पत्रकार जोशीलाई कुटपिट गर्नेलाई पक्राउ गरी छानबिन भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस