कञ्चनपुर ।

सरकारले आउँदो शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने योजना अघि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ’ भन्ने मुल नारा अघि सारेको छ ।

सरकारकै मुलमन्त्र नारा अनुरुप कञ्चनपुरको एक विद्यालय विद्यार्थी अभियानमा जुटेकको छ । भीमदत्त नगरपालिका १९बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालय अहिले भर्ना अभियानमा जुटेको हो ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथकै नेतृत्वमा विद्यालय शिक्षक विद्यार्थी भर्ना अभियानमा जुटेका हुन । स्वयम प्रअ आफै विद्यार्थी खोज्न गाँउगाँउ पसेपछि अन्य शिक्षकले समेत स्वस्पूर्ति रुपमा विद्यार्थी खोज्न गाँउ गाँउमा खटिएका छन ।

विद्यार्थी अभियानका दौरानामा प्रअ नाथले बालविकासदेखि कक्षा १०सम्म अग्रेजी माध्यमबाट गुणस्तरिय पठनपाठन गराउने प्रतिबद्धता जाहेर गरिरहेका छन । अभिभावक समेत यसरी प्रअ नाथ सहितका शिक्षक पहिलो पटक दैलोमा आउँदा आश्र्चकित भएका छन । सामुदायिक विद्यालयका शिक्षक पनि बोडिङ्गकै जस्तो विद्यार्थी भर्नाका लागि घर घरमा पुग्ने कार्य सरानिय भएको भन्दै अभिभावक हर्षित भएका छन । सरकारले ठुलो धनराशी खर्च गरेको सामुदायिक विद्यालय सुधारका लागि लक्ष्मी माविको टिम खटिएको देखेपछि अभिभावक खुसी भएका हुन । लक्ष्मी माध्यामिक विद्यालयका प्रअ प्रमानन्द नाथले स्थानीय, प्रदेश र संघीय सरकारको योजना अनुरुप शिक्षाको गुणस्तर बृद्धि गर्दै जाने लक्ष्य अनुरुप अहिलेदेखि नै अभिभावकलाई विश्वास दिलाउनका लागि घर घरमा गएको बताए । ‘हामीले अभिभावकलाई विश्वास दिलाउने हो, ‘प्रअ नाथले भने, ‘सोही अनुरुप शैक्षिक गुणस्तर बृद्धि गछौँ, सामुदायिक विद्यालय अब्बल बनाउँछौँ, यो हाम्रो कर्तव्य हो, राज्यले हामी र विद्यालयमाथि पनि लगानी गरेको छ ।’ १बैशाखदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदै छ । त्यसका लागि लक्ष्मी मावि अहिलेदेखि नै खटिएको छ । सरकारले गरेको लगानी भन्दा राम्रो परिमाण दिने गरी विद्यालय टिम खटिएको छ । अभिभावकले समेत यसरी शिक्षक नै घरदैलोमा पुगेर गुणस्तरिय शिक्षा दिने प्रतिबद्धता जाहेर गर्न थालेपछि बोडिङ्गबाट विद्यार्थी छुटाएर सामुदायिक विद्यालयमा भर्ना गर्ने सोच बनाएका छन ।

प्रतिक्रिया दिनुस