कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले २६ चैत्रमा तेस्रो दीक्षान्त समारोह गर्ने भएको छ । यस अघि सुप विश्वविद्यालयले दुई पटक दीक्षान्त समारोह गरेको थियो । विश्वविद्यालय स्थापना भएको १२ बर्षमा यो तेस्रो पटक दीक्षान्त समारोह गर्न लागेको छ ।

सुप विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले दीक्षान्त समारोहको तयारी भईरहेको बताए । उनका अनुसार प्रधानमन्त्री समेत रहेका सुप विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा केन्द्रीय कार्यालयमै कार्यक्रम हुनेछ ।

कार्यक्रममा उत्तरप्रदेश बरेलीको महात्मा ज्योतिबा फुले रुहेलखण्ड विश्वविद्यालयका कुलपति प्राध्यापक केपी सिहको प्रमुख आथित्यका हुनेछ । यस अघि ०७४ मा पहिलो दीक्षान्त समारोहमा १०४, ०७९ जेठमा दोस्रो दीक्षान्त समारोहमा २५३ र अहिले तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी प्रत्यक्ष दीक्षित हुनेछन ।

८सय ५५ विद्यार्थी उत्तिर्ण भएपनि प्रत्यक्ष १७९मात्रै हुने भएका छन । सुप विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले विश्विद्यालयको एक प्रकासकै उत्सव भएकाले विद्यार्थी उत्साहित हुने बताए ।

प्रतिक्रिया दिनुस