झलारी। शुक्लाफाँटा नगरपालिका वडा नं. ११ को कार्यालयले ८ जना विद्यार्थीलाई छात्रबृति वितरण गरेको छ। वडा कार्यालयले जेहन्दार, गरिब, दलित तथा अपांगता भएका विद्यार्थीलाई छात्रबृति वितरण गरेको हो। प्रत्येक विद्यार्थीलाई ५ हजारका दरले छात्रबृति वितरण गरिएको वडा अध्यक्ष शेरबहादुर साउँदले बताए। उनका अनुसार रोशनी भट्ट, विकास नेपाली, अञ्जली नेपाली, गोमती राना, यशोदा राना, सरिता नेगी, रोशन दमाई र नविन दमाईलाई छात्रबृति वितरण गरिएको छ। ‘वडाका कुनै पनि विद्यार्थी आर्थिक अवस्था कमजोर भएकै कारण पढाईबाट बञ्चित हुनुहुँदैन्,’ उनले भने, ‘वडा कार्यालयबाट सूचना जारी गरेका थियौं, वडामा आएका निवेदनको मुल्यांकन गरि ८ जनालाई छात्रबृति गरेका हौं।’ छात्रबृति वितरण कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई छ। ‘अगामी वर्षमा पनि छात्रबृति वितरणको कार्यक्रमलाई निरन्तरता दिन्छौं,’ उने भने,‘बेरोजगारलाई स्वरोजगार बनाउन कृषिका कार्यक्रम तथा सीपमूलक कार्यक्रम पनि सञ्चान गर्छौ।’ वडा कार्यालयले ३० जनालाई आधारभूत कम्प्युटर तालिम समेत दिदैछ। तालिम शुक्रबारदेखि सञ्चालन हुनेछ। ‘अहिले समयमा प्रविधि सम्बन्धि आधारभूत ज्ञान हुनु जरुरी छ,’ उनले भने, ‘अहिलेका प्रविधिमैत्री शिक्षा दिन विद्यार्थीका लागि कम्प्युटर तालिम सञ्चालन गरेका हौं।’

प्रतिक्रिया दिनुस