कञ्चनपुर । कञ्चनपपुरको लालझाडी गाँउपालिकामा रहेको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चौथो पटकका लागि युवा नेता प्रकास राना चयन भएका छन । लालझाडीका युवा नेता राना चौथो कार्यकालका लागि भानु माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन ।

शनिबार सम्पन्न भएको अभिभावक भेलाबाट राना चौथो कार्यकालका लागि पुन अध्यक्षको जिम्मेबारीमा आएका छन । लालझाडी गाँउपालिका २ कञ्जमा रहेको भानु माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रानाको पहिलो कार्यकाल ०७३ मा भएको थियो ।

त्यसपछि राज्य पुर्नसंरचना हुँदा पहिलो एक बर्षे कार्यकाल सकेर ०७४ मा दोस्रो पटक अध्यक्ष भएका थिए । भानु माध्यामिक विद्यालयका प्रद्यानाध्यापक बेद प्रकास उपाध्यायले राना चौथो पटक पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएके बताए । तेस्रो कार्यकाल ०७६ माघ ११ र चौथो कार्यकाल ०७९ चैत्र २५गतेदेखि पुन पाईएको छ ।

नेकपा एमाले लालझाडीका प्रखर युवा नेता रानालाई पुन सो क्षेत्रका जनता(अभिभावक)ले विश्वास गरेर अध्यक्षकै जिम्मेबारी प्रदान गरेका छन । रानाथारु बाहुल्यबस्ती रहेको लालझाडीको कञ्जको भानु माध्यामिक सामुदायिक विद्यालयको शैक्षिक भौतिक गुणस्तरबृद्धिका लागि पहल गर्ने अध्यक्ष प्रकास रानाले बताए ।

‘मलाई जसरी यहाँका जनता(अभिभावकले)ले विश्वास गरेर चार चारपटक जिम्मेबारी दिएका छन, सोही अनुरुप काम गर्छु, ‘उनले भने, ‘ग्रामिण विद्यालयको भौतिक सुधारदेखि प्राविधिक शिक्षाका कार्यक्रम ल्याउँछु ।’

प्रतिक्रिया दिनुस