महेन्द्रनगर । सडक डिभिजन महेन्द्रनगरले सुपरभाईजर र लेन्थवर्करका लागि एक दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । पूर्व पश्चिम महेन्द्रराजमार्ग र महाकाली राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्करको एक दिने पुर्नताजगी तालिम भएको छ ।

शुक्रबार कैलालीको बुढीतोलामा पूर्व पश्चिम राजमार्ग र महाकाली राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्करलाई पर्नताजगी तालिम दिएको हो । एक दिने पुर्नताजगी तालिमको सभापति सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरका डिभिजन प्रमुख हरिप्रसाद सुवेदी रहेका थिए । महाकाली पुल योजनाका राम बहादुर गुरुङ अतिथी रहेका हुन ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका नायव सुब्बा देवदत्त जोशीले कार्यक्रम सञ्चालन गरेका हुन । तालिममा ईन्जिनियरद्वय तारानाथ सिग्देल र सब ईन्जिनियर देवेन्द्र स्वारले प्रशिक्षण दिएका थिए । पुर्नताजगी तालिममा सहभागी सुपरभाईजर र लेन्थवर्करलाई पुरस्कार दिएको छ ।

विगत बर्षदेखि कार्यरत सुपरभाईजर र लेन्थवर्करलाई बर्षको एक पटक तालिम दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका नायव सुब्बा देवदत्त जोशीले बताए । एकसय पूर्व पश्चिम राजमार्ग र महाकाली राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्करहरुको पुर्नताजगी तालिममा सहभागिता रहेको थियो ।

तालिमको मुख्य उदेश्य पुर्नताजकी तालिमकको मुख्य उद्देश्य सडक मर्मत र सवार दुर्घटना न्यूनीकरण र सौन्दर्य प्रबद्र्धन गर्ने रहेको सडक डिभिजन महेन्द्रनगरका नायव सुब्बा विरभद्र जोशीले बताए । दिन प्रतिदिन दुर्घटना भईरहेका हुन्छन यो तालिमले दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने नायव सुब्बा विरभद्र जोशीले बताए ।

प्रतिक्रिया दिनुस