कञ्चनपुर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कञ्चनपुरका युवा उद्यमी व्यवसायी जंग बहादुर मल्ल निर्बिरोध निर्वाचित भएका छन । उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि भएको मनोनयन दर्ता अन्र्तरगत सोमबार मनोनयन दर्ता अनुरुप मल्ल निर्बिरोध निर्वाचित भएका हुन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल सुप प्रदेशको कोटाबाट केन्द्रीय सदस्यमा चयन भएका हुन । मल्ल केन्द्रीय सदस्यमा चयन भएसंगै उनका सहकर्मी सहितले बधाई दिईरहेका छन ।

प्रतिक्रिया दिनुस