कञ्चनपुर । दलित समुदायका एक्ला आचार्य विषय उर्तिण गरेका कृष्ण दमाईलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सम्मान गरेको छ । कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले आचार्य दमाईंलाई आफ्नै कार्यकक्षमा सम्मान गरेका हुन ।

मंगलबार आचार्य दमाईलाई मेयर ओझाले दोसल्ला ओढाएर सम्मान गरेका छन । दलित समुदायबाट कठोर मेहनत गरेर सस्कृत विषयमा आचार्य विषय अध्ययन गरेका कञ्चनपुरका स्थानीय युवा दमाईलाई सम्मान गरिएको छ ।

नगर प्रमुख ओझाले यसरी नै एकेडेमिक रुपमा अध्ययन गरेर अघि बढ्नुपर्नेमा सुझाव दिएका छन । नगरप्रमुख ओझाले पाठ्यक्रममानै संस्कृति विषय जोड्ने नगर प्रमुख ओझाको योजना छ ।

प्रतिक्रिया दिनुस