लक्ष्मण नेगी

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा नव बर्ष ०८० को अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । बुधबार महेन्द्रनगरमा उच्च अदालत बार एशोसिएशन र जिल्ला अदालत बार एशोसिएशनले नव बर्ष ०८० को अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रममा शुभकामनमा मन्तव्य दिने कानुन व्यवसायी जिल्ला, उच्च अदालतका न्यायाधिशले शिघ्र न्याय सेवामा जोडदिएका छन । शुभकामनमा मन्तव्य दिदै जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष देवराज पन्तले शिघ्र न्यायिक सेवामा जोडदिए ।

उच्च अदालत बार एशोसिएशनका अध्यक्ष यज्ञराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बार काउन्सिलका सदस्य प्रकास पाण्डेय, सुप प्रदेश सरकारका न्यायाधिवक्ता कुलानन्द उपाध्याय, उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता दमन विष्ट, कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार जयन्ती अवस्थी, जिल्ला न्यायाधिश राजेन्द्र कुमार शाह, उच्च अदालतका न्यायाधिशद्वय कृष्णलाल भट्टराई, राजेन्द्र कुमार आचार्य सहितले मन्तव्य दिदै न्याय सेवामा सरोकारवाला पक्ष अग्रसर हुनुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस