कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीको रोयल्टी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल केन्द्रीय कार्यालय काठमाण्डौँले महाकाली नदीको रोयल्टी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भीमदत्त नगरका तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्ट, लेखा अधिकृत गोबिन्द राज उपाध्याय सहित ९ जना बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले आर्थिक बर्ष २०७८÷०७९ मा महाकाली नदीमा नदीजन्य पदार्थ(ढुङगा,गिट्टी, बालुवा, ग्राभिल) बोलपत्र आब्हान गर्दा ठेकेदारलाई गैर कानुनी आर्थिक लाभ हुने गरी बदनियत ढङगले आर्थिक लाभ गराएर राज्यलाई हानीनोक्सानी गराएको उजुरीको आधारमा छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

भवानी कन्स्क्ट्रक्सन प्रालिसंग ५ करोड, ४३ लाख, ३१ हजार, ८२७ रुपैँयामा ठेक्का सम्झौता भएको थियो । अख्यितार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८को दफा १८ र ३५ बमोजिम विशेष आदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्ट र हाल लेखा अधिकृत कार्यरत गोबिन्द राज उपाध्याय बिरुद्धमा न्यूनतम दरलाई नजर अन्दाज गरी संयोजक भट्ट र सदस्य उपाध्याय समेत भएको बोलपत्रको मुल्याङकन समितिले मुअ कर समेत १करोड, ९५ लाख, ७२ हजार १०७ रुपैया राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार ऐन २०५९को दफा ७को खण्ड(क) र (ख) बमोजिम कसुर पुष्टी भएकाले १ करोड, ९५ लाख, ७२ हजार १०७ रुपैया बिगो सहित कैद र राजस्व चुहावट बिरुद्धमा मुद्दा दायर गरिएको छ । तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भट्टले यस अघि नै राजिनामा दिईसकेका छन ।

भने लेखा अधिकृत हाल पनि कार्यरत नै छन । ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सन प्रालिसंग भीमदत्त नगरपालिकाको सम्झौता हुँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क” बर्गको बाणिज्य बैंकबाट जारी भएको बैंक जमानत नलिई नगरपालिकाको ३ करोड ४७ लाख ५९ हजार सात सय उन्नाईस रुपैयाँ सरकारी रकम हानिनोक्सानी गरेकाले तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको पुष्टि भएकोले भट्ट र उपाध्यायलाई ३ करोड ४७ लाख ५९ हजार सात सय उन्नाईस रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम निजहरुलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय र ऐदफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगोसमेत असुल उपर हुन मागदावी गरेको अख्तियारले जनाएको छ ।

त्यसैगरी भीमदत्त नगरपालिका इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुबास अधिकारी, नायव सुब्वा बिष्णु देव भट्ट, लेखापाल दिपेन्द्र चौधरीले बिरुद्धमा समेत मुद्दा दायर गरेको छ । ठेक्का सम्बन्धमा ईन्जिनियर हिमालय ऐरको संयोजकत्वमा सुवास अधिकारी, विष्णु देव भट्ट, दिपेन्द्र चौधरी सदस्यसमेत भएको खरिद ईकाई बैठकले महाकाली नदीको प्राकृतिक स्रोत नदीजन्य पदार्थको रोयल्टी उठाउने गरी बोलपत्र पुस्तिका तयार गरी स्वीकृतिको लागि पेश गरी सोही बोलपत्रको आधारमा ठेक्का सम्झौता हुँदा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७८ को दफा ८ मा प्राकृतिक स्रोत कर अन्तर्गतको माटो, ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडाको संकलन गर्दा अनुसूची –६ बमोजिमको प्राकृतिक स्रोतको करको कायम दररेट अनुसार बोलपत्र पुस्तिका तयार नगर्दा १ करोड ९५ लाख ७२ हजार बराबरको राजस्व चुहावट गरी सरकारी रकमको हानिनोक्सानी गरेकाले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड –क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै हिमालय सिंह ऐर, सुबास अधिकारी, बिष्णु देव भट्ट र दिपेन्द्र चौधरीलाई १ करोड ९५ लाख ७२ हजार १ सय सात रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (झ)ं बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोव्वर जरिवाना समेतको सजाय माग गरेको छ । त्यसैगरी श्री भवानी कन्स्ट्रक्शन प्रालिका का संचालक ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट ईश्वरी प्रसाद भट्टको नजिकको हकदार खगेश्वरी भट्ट बिरुद्धमा समेत आरोप दायर भएको छ ।

नगरपालिकासँग बैन जमानत राखी सम्झौता गर्नुपर्नेमा सो नगरी सम्झौता गर्दा मुअ करसहित ३ कारोड ४७ लाख ५९ हजार नगरपालिकालाई प्रत्यक्ष हानिनोक्सानी पु–याई प्रतिवादी भवानी कन्स्ट्रक्शन प्रालिले लाभ लिनएको जनाएके छ । ठकेदार ईश्वरी प्रसाद भट्टको मृत्यु भईसकेको अवस्था भएकोले निजको हकमा प्रचलित कानुन बमोजिम निजको हक खाने अंशियार उनको श्रीमती खगेश्वरी भट्टबाट बिगो ५ करोड ४३ लाख ३१ हजार असुलउपरको मागदाबी गरेको छ । गत बर्ष ठेक्का मार्फत रोयल्टी संकलन भएपछि चालु बर्ष भीमदत्र नगरपालिकाले ठेक्का लगाउन नसकेपछि आफै संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुस