कञ्चनपुर, बैशाख, १ गते । कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडको तेस्रो सेवा केन्द्र उद्घाटन गरिएको छ । कञ्चन को -अपरेटिभ सर्भिसको तेस्रो सेवा केन्द्र शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा  समुद्घाटन गर्दै कारोवार सञ्चालन गरिएको हो ।

प्रधान कार्यालय महेन्द्रनगरमा रहेको कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडको सुक्रबार बैशाख १ गते तेस्रो सेवा केन्द्र झलारीमा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराबाट औपचारिक रूपमा सम उद्घाटन कार्यक्रम सम्पन्न गरियो छ ।

कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडको प्रधान कार्यालय महेन्द्रनगर र द्रोसो सेवा केन्द्र दैजी बजारमा रहेको छ । आर्थिक समृद्धिको सहयात्री कञ्चन को-अपरेटिभ भन्ने नारा रहेको संस्थाले कञ्चन स्वरोजगार योजना लिएको छ। संस्थाका सञ्चालक समितिको सचिव भिम बहादुर साउद, प्रमुख कार्यकारी अधिकृत संकर बहादुर कार्की र व्यवस्थापक गणेश बहादुर कार्कीको विशेष आतिथ्यता उद्घाटन कार्यक्रममा गरिएको थियो। उद्घाटन कार्यक्रममा संस्थाका सेयर सदस्य, उद्योगी व्यवसायी, समाजसेवी लगायतका विभिन्न संघ संस्था प्रतिनिधि र संस्थाका कर्मचारीको उपस्थिति रहेको थियो।

संस्थाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगर पालिका नगर प्रमुख रण बहादुर महराले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए। कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडले नगरपालिका‌ भित्रका बिभिन्न ठाउँमा व्यवसाय गरिरहेका व्यवसायी  सहयोग गर्ने अपेक्षा गरिएको बताए। कञ्चन को -अपरेटिभ सर्भिस सेवा बिस्तार कैलालीको गोदावरी सम्म सहकारी बिभागकाबाट अनुमति प्राप्त भएकोले केहि समयमा संस्थाका थप सेवा केन्द्र विस्तार हुने संस्थाका कार्यकारी अधिकृत संकर बहादुर कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुस