कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालय(बोडिङ्ग स्कुल)लाई अनाधिकृत रुपमा शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निर्देशन जारी गरेको छ ।

चालु शैक्षिकसत्र ०८०मा भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयले आफुखुसी शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन गर्न लागेको अभिभावकबाट गुनासो आएपछि नगरपालिका एक्सनमा उत्रिएको हो ।

भीमदत्त नगरपालिकाले गत शैक्षिक सत्र ०७९कै शुल्क लिन र अनाधिकृत रुपमा पाठ्यपुस्तक परिर्वतन नगर्न आदेश जारी गरेको जनाएको छ । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख समेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले शुल्क बृद्धि नगर्न र ०७९मै प्रयोग भएको पाठ्यपुस्तक (जुन प्रशासनको लागु गरिएको छ, सो परिर्वतन नगर्न निर्देशन जारी गरेको बताए ।

‘केही निजी विद्यालयले आफुखुसी शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन गर्न खोजेको पाईएको छ, ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, ‘हामीले अभिभावको मर्म बुझेर अनाधिकृत रुपमा शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न नगरका सबै विद्यालयलाई निर्देशनात्मक आदेश जारी गरेका छौँ, पालना गर्न समेत पालिकाले आदेश जारी गरेको छ ।’

शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन गर्नुपर्ने भएपनि पालिकामा प्रस्ताव तयार गरेर स्वीकृत गर्न आदेश जारी गरेको छ । भीमदत्त नगरपालिकाले पाठ्यपुस्तक परिर्वतन नगर्न र शुल्क बृद्धि नगर्न निर्देशन जारी गरेसंगै नगरका अभिभावकले स्वागत एव हर्षित भएका छन ।

कञ्चनपुरका बुद्धिजिवी युवा समेत रहेका अभिभावक हेमबाबु लेखकले भीमदत्त नगरपालिकाले निजी विद्यालयलाई शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निर्देशन जारी गरेसंगै सरानिय निर्णय भएको टिप्पणी गरेका छन ।

‘राम्रोलाई राम्रो भन्न र अप्ठेरो मान्नुहुँदैन, भीमदत्त नगरपालिकाले यो निर्णय उपयुक्त छ भन्दै प्रंससा गरेका छन । अर्का अभिभावक पदम विष्टले अभिभावकको ढाँडसेक्नेगरी निजी विद्यालयबाट शुल्क बृद्धि र कमिसनको चक्करमा हरेक बर्ष पाठ्यपुस्तक परिर्वतन गर्ने कार्य रोक्न नगरपालिकाले गरेको निर्णय जनमुखी भएको बताए ।

भीमदत्त नगरका अर्का अभिभावक रमेश चन्दले केही मान्छे शिक्षा परिर्वतनको विषयमा अघि सारेर चर्का भाषणबाजीमा उत्रिने अनि आफ्नो निजी बोडिङ्ग खोलेर अभिभावकको ढाडसेक्ने कार्य बिरुद्धमा नगरपालिकाले सरानिय काम गरेको बताए ।

अर्का अभिभावक पनिराम लुहारले गरिब, विपन्न अभिभावक जनताका लागि नगरपालिको सरानिय निर्णय गरेको बताउँदै व्यवहारिक रुपमा कार्यान्वयनमा जोडदिए ।

भीमदत्त नगरका मेयर पदम बोगटीले समेत निजी विद्यालयले आँचाक्ली रुपमा शुल्क अशुलिरहेको र मनपरि ढङगबाट पाठ्यपुस्तक परिर्वतन गर्ने कार्य कडाई गर्न निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुस