कक्षा कोठामा पढाउने शिक्षक र विद्यालय व्यवस्थापन समिति विद्यार्थी भर्ना अभियान सफल पार्नका लागि यतिबेला अभिभावकको घरदैलोमा पुगिरहेका छन । विद्यार्थी खोज्नका लागि कञ्चनपुरका सामुदायिक विद्यालयका शिक्षक अभिभावकको घरदैलोमा पुगेका हुन । चालु शैक्षिकसत्र २०८० को शुरुवात भएसंगै विद्यार्थी भर्ना अभियान सफल पार्नका लागि शिक्षक यतिबेला विद्यार्थी खोज्नमात्र होईन अभिभावकसंग गुणस्तरिय शिक्षा प्रदान गर्ने संकल्प लिएर फिल्डमै खटिएका छन । कतिपय विद्यालयका अध्यक्ष, पदाधिकारी, प्रद्यानाध्यापक पनि खटिएका छन ।

राज्यले सामुदायिक विद्यालयमा लगानी गरे अनुरुप परिमाण नआएको भन्दै चौतर्फि आलोचना भईरहेका बेला कञ्चनपुरका सामुदायिक विद्यालयमा शिक्षक फिल्डमै खटिएका हुन । विद्यार्थी खोज्न मात्रै होईन अभिभावक जनतासंग ईमान्दारितापुर्वक तपाईका सन्तानलाई ज्ञानको ज्योती फैलाएर असल नैतिकवान बनाउने प्रण गरिरहेका छन ।पछिल्ला बर्षहरुमा निजी क्षेत्रबाट संचालित बोडिङ्गस्कुलले सामुदायिक विद्यालयमाथि चुनौती दिईरहेका बेला जिल्लाका सामुदायिक विद्यालय ताकेता छन । विगतका बर्षहरुमा निजी विद्यालयले आ–आफ्नो विद्यालयमा विद्यार्थी भर्ना गराउनका लागि अभिभावकसंग प्रतिबद्धता जनाए अनुरुप यस पटक सामुदायिक विद्यालयका शिक्षक समेत फिल्डमै खटिएका छन । जस्तो किन अहिले कुनै चुनाव नै भएजस्तो विभिन्न पार्टीले आ–आफ्नो प्रतिबद्धता पत्र लिएर भोट मागे जस्तै सामुदायिक विद्यालयका शिक्षक पनि आ–आफ्नो विद्यालयमा गुणस्तरिय शिक्षा दिने प्रणका साथ अभिभावकसंग प्रतिबद्धता जनाईरहेका छन ।

यसरी शिक्षक नै घरदैलोमा पुगेपछि अभिभावकले समेत सामुदायिक विद्यालयमा आफ्ना सन्तान भर्ना गर्न लागेका छन । शुक्लाफाँटा नगरपालिका १ गणेशपुर जनजागृती माध्यामिक विद्यालयका अध्यक्ष नवराज अवस्थीले भने शैक्षिक गुणस्तरिय शिक्षा दिने प्रतिबद्धता सहित जनताको घरदैलोमा गईरहेको बताए।

प्रतिक्रिया दिनुस