कञ्चनपुरको बेदकोट नगरपालिकाको १३औँ नगर सभा सम्पन्न भएको छ । बिहीबार बेदकोट नगरको नगर सभा सम्पन्न भएको हो । नगर सभामा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ल्याईने बजेट कार्यक्रमका लागि नीति पारित गरिएको छ । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले नगर सभाबाट नीति पारित गरिएको बताए । नीतिकै आधारमा आगामी बर्षका लागि बजेट ल्याईनेछ । पारित गरीएको नीति विषयतगत समिति वडालाई अध्ययनका लागि दिईएको छ ।

नगरको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार, पर्यटन सहितका विषय प्राथमिकतामा साथ राखिएका छन । नगरभित्र रहेका आदिवासी, जनजाती, दलित, अति विपन्न घर परिवारको जोखिम बिमा सहित कार्यक्रम ल्याईएको छ । बेदकोट नगरका नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा भएको नगर सभामा नगर उपप्रमुख तुलसी जोशी सहित वडाध्यक्ष, कार्यापालिका सदस्य एवं सदस्यको सहभागिता रहेको थियो । आगामी बर्षका लागि कार्यक्रम तथा बजेटका लागि नीति पारित गरेको छ ।

प्रतिक्रिया दिनुस