बैतडीको डिलाशैनी गाउँपालिका ४ कालापानी घर भएकाका तिन जना  युवाले पानीको मुहान संरक्षण गरिदिन भन्दै वार्ड अध्यक्ष लाइ भावुक पत्र पठाएका छन ।

डिलाशैनी गाउँपालिका ४ कालापानीका दमन जागरी र महेश जागरी र रमेश जागरी  ति तिनै जना युवाले सामुहिक रुपमा डिलाशैनी गाउँपालिका ४ का वार्ड अध्यक्ष लाइ भावुक निवेदन पठाएका हुन ।

उनीहरू हामि अहिले भारतको उत्तर प्रदेश काँजा भन्ने ठाउँमा मजदुरी गर्न गएको समयमा घरमा साना साना बच्चाहरू र महिला मात्र भएको समयमा बर्षौ देखि सिचाइ गरिरहेको पानीको मुहान सुक्ने गरेर पानी अन्य ठाउँमा लगिरहेको खवर आएकोले पानीको मुहान संरक्षण गरिदिनु भनेर पत्र पठाएका छन ।

हामिले सिँचाइ गर्ने खेत पानी विना बाँझो राख्नु पर्ने अवस्था आउने भएको हुँदा उपभोग गरिरहेको पानीको मुहान संरक्षण गर्न पहल गरिदिन अनुरोध गरेका छन । यस्तो छ सामुहिक निवेदन 

 

प्रतिक्रिया दिनुस