कञ्चनपुर । नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छन ।

नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ(आधिकारिक टे«ड यूनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षमा रहेको बोर्डमा अब नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघका अध्यक्ष चन्दले समेत प्रतिनिधित्व गर्नेछन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा घर भएका चन्द यस अघि नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको उपाध्यक्ष थिए । अहिले अध्यक्षमा निर्वाचित भएका छन । चन्दले देशैभरी नेपाल आयल निगममा कार्यरत कर्मचारीको पेशागत हकहितका लागि काम गर्ने प्रतिबद्धा जाहेर गरेका छन । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आथित्यमा भएको कार्यक्तममा मन्त्री मोदीले चुस्तदुरुस्त सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुस