नवराज अवस्थी

कटानीको उच्च जोखिममा रहेको कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण गरिदै छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीको पहलमा दोदा नदीमा तटबन्ध निर्माण गरिन लागिएको हो ।

जनताको तटबन्ध कार्यालयसंगको पहलमा दोदानदीमा तटबन्ध निर्माण शुरु गरिएको छ । बेलौरी र लालछाडीको सीमानामा रहेको रामनगरको उत्तरपुर भन्ने ठाउँमा तटबंधन कार्य सुरू भएको छ ।

विभिन्न समयमा दोदा नदिमा आउने बाढीको कारण धेरै धनजनको क्षती हुन थालेपछी दोदा नदी किनारमा तटबन्ध कार्यक्रम सुरू गरेको बेलौरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लाल बहादुर चौधरीले बताए ।

स्थानीय निकायले वृक्षारोपण गर्ने ठाँउको पहिचान गरी नदी किनाराका बासिन्दाहरुलाई परिचालन गरी बार्षिक कार्य योजनामा समेत समावेश गरी वृक्षारोपण कार्यलाई अगाडि बढाउन सकेमा यसले सकारात्मक परिमाण दिने बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीको भनाई छ ।

नगर प्रमुख चौधरीका अनुसार नगरपालिकाले करीब १ महिना अगाडी बिभिन्न नगरपालिकाका मागहरू राख्दै सम्बन्धित मन्त्रालय, विभागहरूमा नगरपालिकाको टोली पुगेको थियो ।

केही समय अगाडी नगरपालिकाले बुझाएको डेलीगेसन प्रभावकारी भएको बताए । तटबन्ध निर्माण भएपछि स्थानीय समेत हर्षित भएका छन । बेलौरीका मेयर चौधरीको जनमुखी कामले स्थानीय समेत खुसी भएका छन ।

प्रतिक्रिया दिनुस