नवराज अवस्थी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेका अवैध संरचनामाथि डोजर चलेको छ । बेलौरी नगरपालिकाले सडकमा निर्माण गरिएका अवैध संरचनामाथि डोजर चलाएको हो । सार्वजनिक (सडक)को जमिन कब्जा गरेर बनाईएका संरचना हटाउन डोजर प्रयोग गरिएको हो ।

सोमबार बेलौरी नगरपालिकाले रामनगरदेखि स्याली नदी हुँदै जटुबुटी चोकसम्मको सडकमा निर्माण भएका संरचना हटाईएको छ । बेलौरी नगरपालिका ५ का वडाध्यक्ष लाल बहादुर चौधरीले सडकमा निर्माण भएका घर, गोठ सहितका संरचना डोजर प्रयोग गरेर हटाईएको बताए ।

‘सडकमा निर्माण भएका संरचनाका धनीहरुलाई पटक पटक पत्राचार गर्दा समेत नमानेपछि बाध्य भएर डोजर प्रयोग गरेर हटाएका छौँ, ‘उनले भने, ‘सडक निर्माणका लागि उक्त संरचना बाधक थिए, अहिले हटाएका छौँ, अब सडक विस्तार गर्न सहज हुन्छ ।’

०७४ देखि नै उनीहरुलाई संरचना हटाउन, खाली गर्न निरन्तर पत्राचार गर्दा समेत नमानेपछि हटाईएको वडाध्यक्ष चौधरीले बताए । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले सार्वजनिक सम्पत्ती कब्जा गरेर संरचना बनाउनेमाथि कार्बाही गरेको भन्दै अन्य वडाहरुमा समेत सार्वजनिक सम्पत्ती जोगाउन डोजर चलाउनुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस