कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले शिक्षाविज्ञ डा. हेमराज पन्तको संयोजकत्वमा प्रदेश शिक्षा क्षेत्र सुधार कार्यदल गठन गरेको छ । उक्त कार्यदलले अहिले कैलाली–कञ्चनपुरमा सुझाव संकलन गरिरहेको छ । यो राम्रो कामपनि हो । सोमबार समाजिक विकास मन्त्रालयले महेन्द्रनगरमा गरेको उक्त कार्यक्रममा सीमित व्यक्तिलाई बोलाईएको भन्दै आलोचना भईरहेको छ ।

जिल्लाका ९ वटा पालिका मध्ये शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी अधिकाँस भीमदत्त नगरपालिका क्षेत्रकै समेटिएको भन्दै अन्य पालिकामा रहेका शिक्षक, अभिभावकले मन्त्रालयको आलोचना गरिरहेका छन ।

यो त एक उदाहरण मात्रै हो, समाजिक विकास मन्त्रालयले यसरी नै बर्षभरी अधिकाँस कोठे कार्यक्तम गरेर लाखौँ बजेट स्वाहा पारिरहेको भन्दै त्यसको जनप्रतिनिधीले समेत बिरोध गरिरहेका छन ।

सो कार्यक्रममा जिल्लाका अन्य पालिकामा शिक्षक र अभिभभावक थिईनन् । सहभागिपनि आयोजक मन्त्रालयप्रति सन्तुष्टी थिएनन् । सदरमुकाम बाहिर लालझाडीका एक सामुदायिक विद्यालयका मात्रै शिक्षक सहभागि थिए, तर अन्य पालिकामा न शिक्षक, न शिक्षा क्षेत्रका व्यक्ति र अभिभावक थिए ।

विद्यालय व्यवस्थापन समितिका तर्फबाट पनि भीमदत्त नगरकै अधिकाँस अध्यक्ष पदाधिकारी बोलाईएका थिएन । दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलडाँडी र बेलौरी नगरपालिकाबाट शिक्षासंग सम्बन्धीत कसैलाई पनि नबोलाएर सुटुक्क कार्यक्रम गरेपछि त्यसको तिव्र आलोचना भईरहेको छ ।

मुलुकमा संघीयता आएपनि मन्त्रालय कर्मचारीले सीमित क्षेत्रमा कार्यक्रम गर्नेदेखि बजेट दोहन केन्द्रीत कार्यक्रम गर्न थालेको भन्दै जनता समेत मन्त्रालयको कामप्रति शसङकित भएका छन । यही शैलीमा समाजिक विकास कार्यालयले संघीयताको मुल मर्म भावना बिरुद्धमा मन्त्रालयले चालु आर्थिक बर्ष २०७९÷०८० बजेट सक्न केन्द्रीत लागेको पाईन्छ ।

संघीयताको मुल मर्म सरकारी सेवा सुविधाको पहुँच भन्दा टाढा रहेका जनतालाई सेवा सुविधा दिनुको उल्टै सदरमुकाम क्षेत्रका त्यो पनि केही सीमितलाई बोलाएर कार्यक्रम गरेपछि चौतर्फि आलोचना बिरोध भईरहेको छ ।

उक्त कार्यक्रममा सहभागि भएका शिक्षकले शिक्षासंग सम्बन्धीत कार्यक्तम भएकाले विषयबस्तु जनतामाझ पु¥याउनका लागि केही पत्रकारलाई खबर गरेका थिए । तर, मन्त्रालयलयका उच्च पदस्थ अधिकारीले कार्यक्रममा पत्रकार बोलाईएको भन्दै समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीलाई दवाव दिएका छन ।

उक्त कार्यक्रममा पत्रकार किन ? बोलाएको भन्दै मन्त्रालयका सचिवले नै आफुलाई अनावश्यक टर्चर दिएको समाजिक विकास कार्यालयका प्रमुख जोशीले बताए । मन्त्रालयका हाकिमले जोशीलाई दवाव दिएपछी समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख जोशीले समेत पत्रकारलाई बिना पत्र किन कार्यक्रममा जानु भयो भन्दै आक्र्रोसित भएका छन ।

उक्त कार्यक्रम जनताका लागि गरेको भए पत्रकार जानु के अपराध हो । मन्त्रालयको अपादर्शी गतिबिधी कतै बाहिर ल्याउँछन कि भन्ने डरले सीमित स्रोत साधनको विषय अघि सारेर जिल्लादेखि मन्त्रालयका हाकिम कर्मचारी आक्रोशित भईरहेका छन ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि योजना छनौटकै सिलसिलामा कञ्चनपुरमा ६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा गरिरहेको गोष्ठीमा समेत स्थानीय तहका जनप्रतिनिधीले प्रदेशबाट कुनै योजना माग्दा अग्रीम घुस दिनुपर्ने बाध्यता रहेको बताईरहेका बेला यसरी प्रदेश सरकारका मन्त्रालय, कार्यालय संचारसंस्थासंग त्रसित आक्र्रोसित हुन स्वभाविक भएको देखिन्छ ।

क्षेत्र २(क,ख) प्रादेशिक योजना छनौट कार्यक्रममा शुक्लाफाँटा नगरका मेयर रण बहादुर महरा स्वयमले प्रदेश सरकार, तिनका मन्त्रालय र कार्यालयबाट योजना माग्दा अग्रीम कमिसन प्रिपेड गर्नुपर्ने धारणाले के प्रतिबिम्भ गर्छ भने प्रदेश सरकारका कामकाज अपादर्शी हुन्छन । भन्ने सन्देश दिएको छ ।

यसरी प्रदेश सरकार पुर्णता नपाएको मौका छोपेर समाजिक विकास मन्त्रालय सहितका मन्त्रालयले अपादर्शी काममा लिप्त भएपछि उसैपनि प्रदेश सरकारका कामकाजप्रति रुष्ट रहेका जनताले प्रदेश सरकारबाट अपेक्षा गर्न छाडेका छन ।

समाजिक विकास मन्त्रालयका नरेन्द्र सिह कार्कीले बजेट अभाव हुँदा जिल्लाका अन्य पालिबाट सहभागि नबोलाएको बताए । मन्त्रालयबाट सुझाव संकलनका लागि कृष्णपुर, शुक्लाफाँटा र बेदकोट पश्चिम भीमदत्त नगर आएर लिनुपर्ने के बाध्यता हो , अन्य पालिकाबाट सहभागि किन ?

छुटाईए भन्ने प्रशनमा उनले टाढाबाट आउनेलाई यातायात खर्च दिनुपर्ने भएकाले नजिकैबाट मात्रै सहभागि बोलाएको बताए । यसरी प्रदेश सरकार, समाजिक विकास मन्त्रालय आफै विभेद, अपेक्षा र अपादर्शी काममा लिप्त भएपछि जनता प्रदेश सरकार बिरुद्धमा देखिएका छन ।

प्रतिक्रिया दिनुस